साउदीको तेल कम्पनी अराम्कोद्वारा ४ प्रतिशत सेयर सार्वभौम कोषमा हस्तान्तरण
रियाद । चर्चित तेल कम्पनी साउदी अराम्कोले आइतबार आफ्नो राज्यको सार्वजनिक लगानी कोषमा आफ्नो चार प्रतिशत सेयर हस्तान्तरण गरेको छ ।
कम्पनीले कोषमा हस्तान्तरण गरेको सेयरको मूल्य करिब ८० अर्ब अमेरिकी डलरबराबर रहेको बताइएको छ । यसले सार्वजनिक लगानी कोषलाई बलियो वित्तीय अवस्थासँगै मध्यावधिमा ऋण लिने क्षमता बढाएको छ । अराम्कोको ठूलो सेयर सदस्य सरकार रहेको छ । चार प्रतिशत सेयर हस्तान्तरणसँगै सरकारको कम्पनीमा ९४ प्रतिशत सेयर रहेको छ ।
सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई उद्धृत गर्दै, “सार्वजनिक लगानी कोषमा अराम्कोको चार प्रतिशत शेयर हस्तान्तरण गरेको जनाएको छ। देशको अर्थतन्त्रको पुनर्संरचनालाई समर्थन गर्न राज्यको दीर्घकालीन रणनीतिको हिस्साको रूपमा सो निर्णय गरिएको उल्लेख छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया