गेटवे पेमेन्टको एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता
काठमाडौं । गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तराबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल) सञ्चालनका लागि भारतस्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।
उक्त सम्झौतासँगै अब विभिन्न बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकबीचमा अन्तराबद्ध विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगल पे, फोनपे आदि) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था गर्न लागिएको हो । साथै यस सेवाको सुरुवातसँगै भारतीयहरु नेपाल आउँदा क्यु–आर कोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।
प्रारम्भिक चरणमा आगामी तीन महिनाभित्र उक्त सेवाहरु सुचारु हुने र एनपीसीआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात गर्दै जाने कम्पनीले बताएको छ । उक्त सम्झौतामा गेटवे कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान, एनपीसीआई इन्टरनेशनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका थिए ।
अन्तराबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित भुक्तानीको सञ्जाल यूपीआई भारतमा एनपीसीआईद्वारा सञ्चालनमा रहेको र त्यसले भारतको विद्युतीय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । यूपीआई नेपालले विद्युतीय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न ठूलो टेवा पु-याउने कुरामा विश्वस्त रहेको गेटवे कम्पनीले जनाएको छ ।
२१औँ शताब्दीमा विश्वभर डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोबार भइरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिहरुको उपयोगमा नेपाल पनि क्रमिक रुपमा अगाडि बढिरहेको छ । बैंकिङ्ग प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्डअनुरुपको सेवा प्रवाह गराउने सन्दर्भमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई ‘नगदरहित अर्थतन्त्र’तर्फ लैजान चलाइरहेको बृहत् अभियान र नेपाल सरकारको डिजिटल कारोबार कार्यान्वयन गर्ने नीति अंगीकार गरी यस कम्पनीले अन्तर्राष्ट्रिय कारोबारसहितको यूपीआई नेपाल प्रणाली सञ्चालन गर्न लागेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया