अनन्तलिंगेश्वर बचत तथा ऋण सहकारीद्वारा आँखाशिविर सञ्चालन
भक्तपुर, माघ २६
अनन्तलिंगेश्वर बचत तथा ऋण सहकारी संस्थाले आँखाशिविर सञ्चालन गरेको छ । संस्थाका अनुुसार शनिबार सिटी आई केयर सेन्टर नयाँ ठिमी र डीएके फाउन्डेसन समेतको सहकार्यमा अनन्त शिक्षा सदनको प्रांगणमा एक दिने निःशुल्क आँखाशिविर सञ्चालन गरिएको हो ।
शिविरको उद्घाट्न सूर्यविनायक नगरपालिकाका मेयर वाशुुदेव थापाले गरेका हुुन् । कार्यक्रममा मेयर थापाले नगरपालिकाले आफ्ना क्षेत्रका जनताको स्वास्थ्यलाई सधैं नै उच्च प्राथमिकतामा राखेर सरसफाइका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । ‘संस्थाले आयोजना गरेको यस्तो शिविरले आम नगरबासीमा स्वास्थ्यसम्बन्धी जनचेतना विस्तारमा ठूलो टेवा पुगेको छ’, उनले भने ।
शिविरमा दुुई सय ८० जना सर्वसाधारणको निःशुल्क आँखा उपचार गरिएको अनन्तलिंगेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुुजन राउतले बताए । उपचार गरिएकामध्ये १९ जनाको आँखा अपरेसन नै गर्नुपर्ने भएकाले उनीहरुको आगामी मंगलबार अपरेसन गर्ने व्यवस्था मिलाएको छ । संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आँखाशिविरसँगै संस्थामा बालबचत गर्ने ७० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको संस्थाका अध्यक्ष राउतले बताए ।
कार्यक्रममा नेकपा जिल्ला कमिटीका अध्यक्ष बच्चन देउजा, सूर्यविनायक नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम थापा, सोही नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटा, सुुनपा ४ का वडा सदस्य राजुु लुुवाञ्जार, अनन्त शिक्षा सदनका संयोजक सुमन राउतसहितका व्यक्तिहरुका उपस्थिति रहेको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया