दिल्ली विधान सभा निर्वाचन : साँझ ५ बजेसम्म ४४.५२ प्रतिशत मत खस्यो
नयाँ दिल्ली, माघ २६
भारतको राजधानी नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा साँझपाँच बजेसम्म ४४.५२ प्रतिशत मत खसेको छ । दिउसो तीन बजेसम्म करिब ३० प्रतिशत मतदान भएकोमा दिन सकिँदै जाँदा मतदानका लागि मतदान केन्द्रमा पुग्नेको भीड बढेको अधिकारीहरूले जनाएका छन् । निर्वाचन आयोगको एपले गरेको मतदाता सहभागीहरूको सर्वेक्षण नतिजामा अनुसार साँझ पाँच बजेसम्म ४४.५२ प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।
कुल ७० सदस्यको दिल्ली विधानसभाका लागि मतदान गर्न साँझ छ बजे मतदान केन्द्रमा पुगी लाइनमा बसेका मतदातालाई अवसर दिने निर्वाचन आयोगले बताएको छ । दिल्लीबाट राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति हामिद अन्सारी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, दिल्ली उपराज्यपाल अनिल बैजल, मुख्यमन्त्री अरविन्द केजरीवाल, काङ्ग्रेस अध्यक्ष सोनिया गान्धी, भाजपा नेता लालकृष्ण आडवाणी र केन्द्रीय मन्त्री हर्षवर्धन र एस जयशंकरले शनिबार मतदानमा सहभागिता जनाएका छन् ।
कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धी वाड्राले पनि दिल्लीबाट मतदान गर्नुभएको छ । दिल्ली विधान सभाका लागि हुने शनिबारको मतदानका लागि एक करोड ४० लाख मतदाता रहेका छन् । जसमध्ये ८१ लाख पाँच हजार २३६ पुरूष र ६६ लाख ८० हजार २७७ महिला मतदाता रहेका छन् । दिल्लीमा ८६९ तेस्रो लिङ्गी मतदाता रहेका छन् । मतदानका लागि १३ हजार ५७१ मतदान केन्द्र रहेको दिल्लीमा करिब तीन हजार मतदानका हिसाबले संवेदनशिल र १४४ अति संवेदनशिल केन्द्रहरू रहेका भन्दै ती स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।
यस प्रतिस्पर्धा सत्ताधारी आम आदमी पार्टी, भाजपा र कांग्रेसबीच धेरै हदसम्म त्रिकोणात्मक प्रतिस्पर्धा रहने बताइएको छ । भाजपा र कांग्रेस दुवैले आफ्ना सहयोगीहरूलाई केही सिट दिएका छन् । सन् २०१५ मा सम्पन्न निर्वाचनमा मुख्यमन्त्री केजरीवालको दलले ६७ सीटमा विजय प्राप्त गरेको थियो । निर्वाचन परिणाम आगामी मङ्गलबारसम्म घोषणा गरिने बताइएको छ । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- विद्युतीय चुरोट प्रतिबन्धको तयारीमा सरकार
- स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : मन्त्री भण्डारी
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
- चट्याङ लागेर एक बालकको मृत्युु
- शनिबार एकीकृत समाजवादीको स्थायी समिति बैठक हुने
- रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल
- भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल
- विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया