आयात प्रतिस्थापनका लागि स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न आवश्यक
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन गर्न र विदेशी मुद्राको सञ्चिति बढाउन स्वदेशी उद्योगहरुलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् ।
नेपाल मुद्रण उद्योग महासंघको शुक्रबार राजधानीमा आयोजित चौथो महाधिवेशन तथा साधारणसभामा उनले सरकारले स्वदेशी उद्योगहरुले भोगेका समस्याहरुलाई समाधान गर्न पहल गर्ने हो भने यसले आयात प्रतिस्थापन गर्नुका साथै ठूलो मात्रामा बाहिरिने पुँजीलाई स्वदेशमै रोक्नसक्ने बताए ।
‘नयाँ नयाँ टेक्नोलोजि तथा गुणस्तरीय प्रविधिको अभावमा मुद्रण व्यवसायसँग सम्बन्धित वस्तुहरुको आयातमा मात्र ठूलो रकम मुलुकबाहिर जाने गरेको छ’, उनले भने, ‘यससम्बन्धी समस्याको समाधान गर्दै स्वदेशी उद्योगहरुलाई प्रवर्द्धन गर्नसकेमा यसले आयात प्रतिस्थापन गर्दै अहिले बाहिरिएको ठूलो रकम मुलुकभित्रै रोक्न सकिन्छ ।’
८० अर्बको बजार रहेको मुद्रण उद्योगको समस्या समाधन गर्न महासंघको तर्फबाट आफुले पहल गर्ने बताउँदै उनले यसका लागि लिखित सुझावहरु पेश गर्न समेत आग्रह गरे । आईएमई समूहका अध्यक्षसमेत रहेका ढकालले आफ्नो समूहले पनि कागज उद्योगमा लगानी विस्तार गरेको जानकारी गराए ।
‘अहिले नेपालमा गुणस्तरीय कागज उत्पादन हुनसकेको छैन । यो अभावलाई ध्यानमा राखेर आईएमई समूहले कागज उद्योगमा लगानी विस्तार गरेको छ । यो नेपालमै गुणस्तरीय कागज उत्पादनमा कोशेढुंगा साबित हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ’, उनले भने । सरकारी तथा निजी मुद्रण उद्योगबीचको विभेदबारे बोल्दै उनले सरकारले सबै उद्योग व्यवसायलाई समान दृष्टिले हेर्नुपर्ने धारणा समेत राखे ।
‘सरकारी स्वामित्वका मुद्रण उद्योग तथा निजी क्षेत्रबाट सञ्चालित मुद्रण उद्योगबीच विभेद हुने गरेको गुनासो सुनेको छु । यदि त्यस्तो छ भने यसलाई तत्काल हटाउन जरुरी छ’, उनले भने, ‘महासंघ यहाँहरुको मागप्रति आफ्नो ऐक्यबद्धता जाहेर गर्छ र नेपाल सरकारले ल्याउने आगामी बजेटमा यसलाई समाधान गर्ने गरी कार्यक्रम ल्याउन संयुक्तरुपमा पहल गरौँ ।’
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया