महेन्द्रनगर, माघ २७
कञ्चनपुरको भीमदत्त नगरपालिकाले सर्वसाधारणको घरदैलोमा पुगेर हात्तीपाइले विरुद्ध औषधि खुवाउन सुरु गरेकोे छ । शनिबारदेखि सुरु राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान २०७६ को आम औषधि सेवन कार्यक्रमअन्तर्गत आइतबारदेखि औषधि खुवाउन स्वास्थ्यकर्मीहरुले घरदैलो अभियान सुरु गरेका छन् । पहिलो दिन शनिबार नगरपालिकामा सबै औषधि खुवाइएकोे थियो ।
भीमदत्त नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखाका अधिकृत भीम बहादुर महराले १० दिनसम्म घरदैलो गरी स्थानीयलाई औषधि खुवाइने बताए । ‘आम औषधि सेवनको पहिलो दिन वडा केन्द्रमा औषधि खुवाइएको छ, आजदेखि घरदैलो गरी औषधि खुवाउन सुर गरिएको छ’, अधिकृत महराले भने ‘घरदैलोमा १० दिनसम्म औषधि खुवाउँछौ ।’ महाकाली अस्पतालबाट शनिबार औपचारिक कार्यक्रम गरी हात्तीपाइले विरुद्ध औषधि खुवाउन सुरु गरिएको थियो । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले औषधि खाएर अभियान प्रारम्भ गरेका थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्ग, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार, महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लगायतले औषधि सेवन गरेका थियो । भीमदत्त नगरपालिकामा दुई वर्ष मुनिका बालबालिका, गर्भवति, गम्भीर रोगका समस्या भएका छाडेर एक लाख तीन हजारलाई औषधि खुवाउने लक्ष्य लिइएको छ । गत वर्ष एक लाखलाई औषधि खुवाइएको थियो । औषधि खुवाउन सबै वडामा ६० स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । त्यसमा ५० जना औषधि खुवाउने कार्यमा संलग्न भएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया