पोसकान्त पोखरेल
बुटवल, माघ २८
सशस्त्र प्रहरीबल नेपाल नं. २७ गण भैरहवा रुपन्देहीले चालू आर्थिक वर्षको सात महिनामा ३५ लाख ५९ हजार सात सय ४७ रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले बरामद गरेको उक्त सामान भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको गणका गणपति तथा सशस्त्र प्रहरीबल नेपाल भैरहवाका सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार नं. २७ गणसहित मातहतका इकाइहरु बीओपी पजकट्टी, बीओपी मझगाँवा, बीओपी बोगडी, बीओपी बयरघाट, सुरक्षा बेस करौता अवैध सामान बरामद गरी भन्सार कार्यालय पठाइएको हो ।
पोखरेलका अनुसार चालू आर्थिक वर्षको सात महिनामध्ये पुस महिनामा सबैभन्दा बढी २१ लाख ८३ हजार ५० रुपैयाँबराबरको भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका सामग्रीहरु बरामद गरिएको छ । चालू आर्थिक वर्षको सात महिनाको प्रगति विवरण हेर्दा कार्यालयले साउनमा ४७ हजार रुपैयाँ, भदौमा ७५ हजार पाँच सय रुपैयाँ, असोजमा चार लाख ९९ हजार पाँच सय दश रुपैयाँ, कात्तिकमा एक लाख ३१ हजार आठ सय २० रुपैयाँ, मंसिरमा एक लाख ९९ हजार आठ सय १७ रुपैयाँ, पुसमा २१ लाख ८३ हजार ५० रुपैयाँ र माघमा चार लाख २४ हजार ५० रुपैयाँबराबरको अवैध सामान बरामद गरी राज्यकोष वृद्धिमा योगदान दिएको छ ।
कार्यालयले चालू आवको सात महिनामा किराना तथा स्टेसनरीका सामानहरु, खाद्यान्न, लत्ताकपडा, मोटरसाइकल, रक्सी (कस्तुरी), जेनेरेटर, बिजुलीको टान्सफर्मर, मोबिल, सवारीसाधन, हार्डवेयरका सामान, मोबाइल, ब्रोइलर कुखुरा, प्याज, चिनी, विभिन्न किसिमका मोटरपार्टसका सामानहरुलगायतका अवैध सामग्रीहरु बरामद गरी भन्सार कार्यालय पठाएको छ । अवैध सामान नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको कार्यालयले अवैध कारोबारमा संलग्न केहीलाई नियन्त्रणमा लिई कारबाहीको लागि सम्बन्धित क्षेत्रमा पठाउन पनि सफल भएको छ ।
चालू आर्थिक वर्षको सात महिनामा समरीमाई गाउँपालिका वडा नं. २ बस्ने ३५ वर्षीय कयस महमद शेख, मायादेवी गाउँपालिका वडा नं. ५ बस्ने २६ वर्षीय कमलेस उपाध्याय र सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४२ का बलराज गुप्तालाई नक्कली सुनको अवैध कारोबारमा नियन्त्रण लिएर कारबाहीको लागि सम्बन्धित सरोकारवाला निकायलाई जिम्मा लगाएको छ ।
त्यसैगरी पोखरा लेखनाथ महानगरपालिका १६ बाटुलेचौर कास्की बस्ने १९ वर्षीय रक्की गरभुजा पुन र पोखरा लेखनाथ महानगरपालिका १६ बाटुलेचौर कास्की बस्ने १६ वर्षीय अरुण सुनारलाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ भने सिद्धार्थनगर नगरपालिका–८ कस्ने २२ वर्षीय भोला निसादलाई अवैध रुपमा भारतबाट नेपाल ल्याएका विभिन्न सामग्रीसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित सरोकारवाला निकायमा पठाएको उपरीक्षक पोखरेलले जानकारी लिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया