श्रीलंकाका छ सय बढी परिवार बाढी, पहिरोबाट प्रभावित
कोलम्बो । श्रीलंकामा वर्षासँगै आएको बाढी र पहिरोबाट छ सयभन्दा बढी परिवार प्रभावित भएका बताइएको छ ।
श्रीलंकाको प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार जनाएअनुसार देशमा वर्षाको मौसम प्रबल हुँदै जाँदा बाढी र पहिरोबाट छ सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।
सिन्ह्वाका अनुसार दक्षिणी जिल्ला रत्नपुरामा पाँच सय ८५ परिवारबाट कुल दुई हजार दुई सय ९० जना प्रभावित भएका छन् भने पश्चिमी प्रदेशको कालुतारा गाउँपालिकामा १६ परिवारका ६२ जना प्रभावित भएको डीएमसीले जनाएको छ ।
बाढी र हावाका कारण ८२ घर आंशिक रुपमा क्षतिग्रस्त भएको डिएमसीले जनाएको छ । बाढी प्रभावित क्षेत्र र पहिरोको जोखिम रहेका पहाडी क्षेत्र नजिकै बसोबास गर्नेलाई सम्भावित बाढी र पहिरोबाट सतर्क रहन चेतावनी दिइएको छ । विगत केही दिनमा देशका प्रायजसो भागमा भारी वर्षा भएको डीएमसीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया