कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ७०औँ कार्यपालिका बैठक सम्पन्न गरेको छ । बिहीबार नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा पहिलो कार्यकालका जनप्रतिनिधिहरुले अन्तिम बैठक सम्पन्न गरेका हुन् । नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिंह धामीले पहिलो कार्यकालका जनप्रतिनिधिहरुको अन्तिम बैठकसहित विदाइ पनि गरिएको बताए । उनका अनुसार बैठकले पहिलो कार्यकालमा निर्वाचित गराउने तथा सेवा प्रवाहमा सहयोग पु¥याउने नगरवासी, कार्यसम्पादनमा सहयोग गर्ने जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दललगायतका सरोकारवाला निकायलाई धन्यवाद दिएको छ ।
त्यस्तै बैठकले नयाँ जनप्रतिनिधि निर्वाचित हुनुअघिको अवधिका लागि कानुनबमोजिम सेवा सम्पादन गर्न जिम्मेवारी हस्तान्तरण समेत गरेको प्रशासकीय अधिकृत धामीले बताए । नगर प्रमुख सुरेन्द्र विष्टले विगत पाँच वर्षमा नगरपालिकामा विकास र समृद्धिको आधार तयार भएको बताए । ‘हामीले गरेका कामको नतिजा विस्तारै देखिँदै जानेछ’, उनले भने, ‘जनताको आधारभूत आवश्यकतादेखि दीर्घकालीन विकासका पूर्वाधार निर्माण गरेका छौँ, यसको नतिजा दीर्घकालीन रुपमा देखिन्छ ।’ नगरपालिकाले सबै वडामा कार्यायल भवन निर्माण, प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा सञ्चालन, महाकाली प्राविधिक शिक्षालय सञ्चालन, महाकाली अस्पतालको स्तरोन्नतिमा सहयोग, मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि सहलगानी साझेदारी, जैविक मार्ग, पर्यटन मार्गसँगै भित्री र बाह्य चक्रपथ निर्माण लगायतका काम गरेका उनको भनाइ छ ।
त्यस्तै नगरपालिकाले आन्तरिक आयमा उलेख्य सुधार, शिक्षा सुधार गुरुयोजना निर्माण, सहरी योजना आयोगमार्फत योजना २५ वर्षे गुरुयोजना निर्माण, खानेपानीका आयोजना सञ्चालनलगायतका कामहरु गरेको जनाएको छ । नगर प्रमुख विष्टले निर्वाचित कार्यकाल सकिए पनि भीमदत्त समृद्ध बनाउने अभियानमा फरक भूमिकाका साथै जोडिने बताए । ‘मैलै विगतदेखि नै भन्दै आएको कुरा के हो भने हाम्रो साझा उद्देश्य र दायित्व भीमदत्त समृद्ध बनाउने हो, यस अभियानमा हामि सधैँ सँगै रहनेछौँ’, उनले भने, ‘पात्र र जिम्मेवारी फेरिने कुरा हुनसक्छ तर विकास र समृद्धिका लागि हाम्रो उद्देश्यहरु साझा हुनुपर्छ ।’ त्यस्तै उपप्रमुख सुशीला सिंह चन्दले पनि पहिलो कार्यकालमा नगरमा विकासको आधार तयार भएको बताइन् । उनले सामाजिक र आर्थिक रुपान्तरणसहित पालिकाको विकासमा महत्वपूर्ण काम भएको उल्लेख गरिन् ।
कार्यलय प्रमुख पुष्कर प्रसाद भट्टले पहिलो कार्यकाल जनप्रतिनिधिहरुसँग सौहार्दपूर्ण वातावरणमा काम गर्ने अवसर मिलेको गर्दै अगामी दिनका पनि आवश्यक सहयोग रहिरहने अपेक्षा व्यक्त गरे । बैठकपछि कर्मचारीले जनप्रतिनिधिहरुको सम्मानसहित विदाइ गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
- भारतले हटायो प्याज निर्यात प्रतिबन्ध
- काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता
- ‘सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौँ’
- हिमालयन बैंकद्वारा पर्सा प्रहरीलाई सहयोग
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- आजदेखि नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया