बाँसबाट उत्पादित वस्तुको आयातमा भन्सार वृद्धि गर्न माग
काठमाडौं । बाँस तथा काठबाट उत्पादित तयारी वस्तुको आयातमा लाग्दै आएको भन्सार वृद्धि गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । नेपालमै शतप्रतिशत कच्चा पदार्थ पाइने र स्वदेशमा तयारी वस्तु उत्पादन गर्न सकिने भए पनि चीन तथा भारतीय वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा बाँसबाट बन्ने तयारी वस्तुले प्रतिस्पर्धा गर्न नसकी उद्योग खुल्दै बन्द हुँदै आएका छन् ।
सरकारले न्यून भन्सार लिँदै आएको तथा भन्सार छली गरिएको बाँसबाट उत्पादित टुथपिक, धुप बनाउने सिन्काका कारण स्वदेशी उद्योग धराशायी भएको नेपाली उद्योगीहरूको गुनासो छ ।
नेपाली उद्योगीहरूले पटक–पटक बाँसजन्य उद्योगहरू स्थापना गरे पनि सरकारले संरक्षण नगरेका कारण बन्द हुँदै आएका छन् । केही वर्षअघि बुटवलमा स्थापना भएको बेम्बो नेपाल हाल बन्द भइरहेको छ । त्यस्तै, इटहरीमा सारा नेपालले सञ्चालन गरेको बाँसजन्य उद्योग स्थापना गरेको भए पनि छोटो समयमा नै बन्द हुन पुगेको थियो ।
बाँसबाट उत्पादित धेरै उद्योग सञ्चालन नभएकोले संस्थागत रूपमा आवाज उठाउन नसक्दा स्वदेशी उद्योगहरू धराशायी हुँदै आएका छन् । भन्सार विभागका अनुसार आव २०७७/७८ मा ४४२१९१३० कोडको टुथपिकको नाममा १६ हजार सात सय ५२ केजी र टुथपिक अन्यको नाममा ६० हजार पाँच सय ४५ केजी वस्तु आयात भएको देखिन्छ । तर, नेपालका हरेक रेष्टुरेन्टमा प्रयोग हुने टुथपिक योभन्दा कैयौँ गुणा बढी आयात हुने भए पनि भन्सार छली गरी नेपाल भित्रँदै आएको छ ।
सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नेपालमै शतप्रतिशत कच्चा पदार्थबाट उत्पादन हुने वस्तुको उचित संरक्षणको लागि आयातमा भन्सार बढाउने आशय उल्लेख गरेका कारण बाँसबाट स–साना उद्योगहरू सञ्चालन गर्दै आएका उत्साहित भएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- डिजेल र मट्टीतेलको मूल्य घट्यो
- सरकारको नाममा गइसकेको जग्गा हडप्न दुगडसँग सेटिङ
- क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमण प्रयास
- सर्वोच्च अदालतले सिधा कुरा डटकमबाट प्रकाशित सामग्रीमा चालेको कदमप्रति नेपाल पत्रकार महासंघको गम्भीर चासो
- सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
- तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
- कर्णाली प्रदेश सरकार बिस्तार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया