पाकिस्तानको रक्षा बजेट ६ प्रतिशतले बढ्यो
इस्लामावाद । पाकिस्तान सरकारले देशको सशस्त्र बलहरूको महत्त्वपूर्ण आवश्यकता पूरा गर्नको लागि भन्दै यस आर्थिक वर्षको रक्षा बजेटमा लगभग ६ प्रतिशतले वृद्धि गरेको छ । यो सँगै यहाँको सैन्य बजेट १.४५ ट्रिलियन पाकिस्तानी रुपियाँ पुगेको छ । बजेट बढाउने यो निर्णय पाकिस्तानको आर्थिक समन्वय समितिले जनाएअनुसार सो बजेट बढ्दो पारिश्रमिक र अन्य प्रमुख आवश्यकताहरू पूरा गर्नका निम्ति भएको एक्सप्रेस ट्रिब्युन अखबारले उल्लेख गरेको छ ।
ट्रिब्युनको रिपोर्ट अनुसार पाकिस्तानको रक्षा मन्त्रालयले महत्त्वपूर्ण कमीको लागि अतिरिक्त ८० बिलियन पाकिस्तानी रुपी रक्षा बजेट माग गरेको थियो । यसबाहेक, जिन्ना नौसेना बेस, नौसेना बेस तुर्बत र मुख्यालयमा बहु–कार्यकारी कार्यालय भवनमा खर्च गर्न थप गरिएको पनि जनाइएको छ ।
अर्थमन्त्री मिफ्ताह इस्माइलले इसिसि बैठकको अध्यक्षता गर्दै जसले पाकिस्तानी सशस्त्र सेनाका लागि सो पूरक बजेट अनुमोदन गरेको हो । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार सन् २०२१ मा विश्व सैन्य खर्च २.१ ट्रिलियन अमेरिकी डलरको उच्चतामा पुगेको छ । अधिक सैन्य खर्च गर्ने प्रमुख तीन देशहरूमा संयुक्त राज्य अमेरिका, चीन र भारत छन् ।
“कुल विश्वव्यापी सैन्य खर्च सन् २०२१ मा ०.७ प्रतिशतले बढेर २,११३ बिलियन अमेरिकी डलर पुगेको छ। सन् २०२१ मा रक्षा बजेटमा सबैभन्दा बढी खर्च गर्ने देशहरू संयुक्त राज्य अमेरिका, चीन, भारत, बेलायत र रुस थिए । जुन कुल खर्चको ६२ प्रतिशत हो ।
कोभिड–१९ महामारीको आर्थिक नतिजाको बीचमा पनि विश्व सैन्य खर्च बढ्दो रहेको सैन्य खर्च तथा हतियार उत्पादन कार्यक्रमका वरिष्ठ अनुसन्धानकर्ता डा डिएगो लोपेज दा सिल्भाले बताएका छन् । ‘मुद्रास्फीतिका कारण वास्तविक अवधिको वृद्धि दरमा मन्दी आएको थियो तर सैन्य खर्च ६.१ प्रतिशतले बढेको पाइएको छ’, उनले भनेका छन् ।
कोभिड–१९ महामारीबाट आएको आर्थिक पुनःप्राप्तिको परिणामस्वरुप, रक्षा खर्च विश्वव्यापी जीडीपीको २.२ प्रतिशत थियो जबकि सन् २०२० मा यो संख्या २.३ प्रतिशतमा पुगेको थियो । स्टकहोमस्थित इन्स्टिच्युटका अनुसार भारतको सैन्य खर्च ७६.६ बिलियन अमेरिकी डलर विश्वमा तेस्रो उच्च हो । यो २०२० को तुलनामा ०.९ प्रतिशत र २०१२ को तुलनामा ३३ प्रतिशतले बढेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया