श्रीलंका अदालतद्वारा रूसी जेटलाई उडान अनुमति
कोलम्बो । सोमबार श्रीलंकाको एक अदालतले व्यापारिक विवादका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको एअरोफ्लट एयरबस ए–३३० विमान रोक्ने उड्डयन कार्यालयको आदेशलाई सोमबार खारेज गरेको छ । एएफपीका अनुसार आदेशसँगै विमानले मस्कोका लागि उडान भर्न सक्नेभएको छ ।
श्रीलंकाली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश गरेको थियो । त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार मस्को फर्कने उडान एसयू–२८९ को उडान अनुमति अस्वीकार गरेका थियो भने विमानमा रहेका सबै यात्रुलाई होटेलमा लगि राखिएको थियो । उक्त रूसी विमानले आयरल्याण्डको ‘सेलेस्टेयल एभियसन ट्रेडिङ १० लिमिटेडलाई तिर्नुपर्ने रकम नतिरेको भन्दै एरोफलट विरुद्ध मुद्दा दायर गरेपछि विमानलाई रोक्न निर्देशन दिइएको हो ।
विमानलाई उडान अनुमति नदिएपछि श्रीलंका र रूसबीच कूटनीतिक तनाव बढेको थियो । यस सम्बन्धमा रूसले शुक्रबार मस्कोस्थित श्रीलंकाका विशेष दूतलाई रूसी विदेश मन्त्रालयमा बोलाएर कडा विरोध जनाएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया