नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
काठमाडौं, फागुन ७
नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिवर्तनका साथ व्यावसायिक विकास गर्ने उद्देश्यले नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रर्दशनी २०२० हुने भएको छ । उक्त अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल पोल्ट्री महासंघको आयोजनामा मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स ट्रेड एण्ड इभेण्ट प्रालिको सहकार्यमा चितवन एक्स्पो सेन्टर भरतपुर, चितवनमा फागुन १६ देखि १८ गतेसम्म हुनलागेको हो ।
नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायतका सम्पूर्ण पशुपन्छी पालन, प्रशोधन र बजारीकरणसम्बन्धी विभिन्न क्षेत्रहरु समेटेर नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यावसायिक परिचय दिई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र अन्य विकसित देशमा भइरहेका पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्र्याउने वातावरण बनाउन महासंघले अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गर्न लागेकोे जनाएको छ ।
उक्त प्रदर्शनीमा दुई सयभन्दा बढी स्वदेशी तथा विदेशी प्रख्यात प्रदर्शकहरुका नवीनतम प्रविधिहरुका प्रदर्शनी रहने बताइएको छ । प्रदर्शनीमा नेपाली कृषकहरु नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघलगायत नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसीया, सिँगापुर, ताइवान, इटली, इजरायल, बंगलादेशलगायत अन्य देशहरुका पोल्ट्री कम्पनीहरुको उल्लेखनीय सहभागिता रहने बताइएको छ ।
उक्त प्रदर्शनीबाट नेपाली पोल्ट्री कृषकहरुद्वारा उत्पादित वस्तुहरुको कम लागतमा अन्तर्राष्ट्रियस्तरका उत्पादन भई उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादनहरु पाउने र देशको अर्थतन्त्रमा हालको खर्बौँको लगानी र लाखौंको रोजगारीबाट महत्वपूर्ण योगदान दिएको पोल्ट्री क्षेत्रको अझै विकास र विस्तार हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० मा समेत उल्लेखनीय टेवा पुग्ने आयोजकले बताएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया