भारतमा विश्वकै पहिलो हाइपरलुप रेल सञ्चालनको तयारी
नयाँ दिल्ली, फागुन ७
भारतमा विश्वकै पहिलो हाइपरलुप रेल सञ्चालनको तयारी गरिएको छ । हाइपरलुप रेल एक ट्युबाट सञ्चालन हुन्छ भने यसको गति पनि १२ सय किमि प्रतिघण्टाको हुन्छ । भारतीय मिडिया नवभारत टाइम्सका अनुसार यससम्बन्धी प्रस्ताव भर्जिन ग्रुपले सडक परिवहनमन्त्री नितिन गडकरीसँग राखेको छ । उक्त ग्रुपले दिल्ली र मुम्बई जोड्ने गरी यस्तो रेल सञ्चालनको प्रस्ताव गरेको बताइएको छ । यो परियोजनालाई लिएर महाराष्ट्र सरकारसँग पहिले पनि वार्ता र छलफल भइसकेको बताइएको छ । तर शिवसेनाको सरकार बनेसँगै यो परियोजना रोकिएको थियो । त्यसपछि ग्रुपले मन्त्रीसँग छलफल अगाडि बढाएको हो ।
इकोनोमिक टाइम्सले भर्जिन ग्रुपको स्रोतलाई उद्धृत गर्दै दिल्ली–मुम्बई १३ सय किमि लामो दूरीमा रेल चलाउन मन्त्री गडकरीसँग भेट गरेको समाचार लेखेको थियो । पछिल्लो हप्तामात्रै गडकरीले बुलेट ट्रेलजस्तै दोस्रो परियोजनालाई लिएर लगानीकर्तासँग भेटघाट भएको बताएका थिए । उक्त ग्रुपले सुरुमा मुम्बई र पुणेबीच यस्तो रेल सञ्चालनको प्रस्ताव गरेको थियो । परियोजनाको पहिलो फेजमा ११ किमि लामो ट्र्याक बनाउने उल्लेख थियो । जसको लागत १० अर्ब डलर अनुमान गरिएको थियो भने साढे २ वर्षमा निर्माण हुने थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया