विमानमा यात्रा गर्दा फेसबुक चलाउन पाइने !
एजेन्सी नयाँ दिल्ली, फागुन ८
विस्तारा एयरलाइन्सले अब विमानभित्रै उडानका बेला वाइफाइ सेवा दिने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्पनी यस्तो सेवा दिने पहिलो भारतीय विमान सेवा प्रदायक बन्नेछ । विस्ताराले नयाँ बोइङ७८७ ड्रिमलाइनर विमानमा उडानकै बेला वाइफाइ र स्ट्रिमिङ भिडियो सेवा उपलब्ध गराउनेछ । यस्तो सेवाले कम्पनीको लोकप्रियता बढाउने विस्तारको दाबी छ । यही महिना कम्पनीले उक्त विमान ल्याउँदै छ । विस्ताराका प्रमुख रणनीति अधिकृत विनोद काननले बुधबार यस्तो जानकारी दिएको नवभारत टाइम्सले जनाएको छ । यो सेवा सुरु भए यात्रुले फेसबुक, वाट्सएपजस्ता सामाजिक सञ्जालमा आनन्द लिन सक्नेछन् ।
साथै अनलाइन गेम समेत खेल्न सक्नेछन् । कम्पनीले यस्तो सुविधा उपयोग गरेबापत यात्रुले व्यहोर्नुपर्ने खर्च यही साता सार्वजनिक गर्ने तयारी समेत गरेको छ । विस्तार एयरलाइन्स सिंगापुर एयरलाइन्स र टाटा समूहबीचको संयुक्त उपक्रममा बनेको कम्पनी हो । यसले सन् २०१५ मा सेवा सुरु गरेको थियो । हाल यो कम्पनीसँग ३२ एयरबस ए३२० र सातवटा बोइङ ७३७ विमान छन् । कम्पनीका अनुसार पानासोनिक एभियानिक्स कर्प र नेल्को लिमिटेडसँग मिलेर भारत र भारतीय एयरस्पेसमा स्याटेलाइट कनेक्टिभिटी सेवा दिने तयारी गरिएको छ भने विस्तार यसको पहिलो ग्राहक बन्नेछ । भारतले उडानको बेला वाइफाइ सेवा सुरु गर्न सन् २०१६ मा योजना बनाएको थियो । तर सुरक्षालाई लिएर चासो बढेपछि त्यसमा ढिलाइ भएको थियो । भारतीय विमान मन्त्रालयले उडानका बेला भ्वाइस, डाटा तथा भिडियो सेवा उपलब्ध गराउनको लागि इन्डियन टेलिग्राफ ऐनका प्रावधान र यससँग सम्बन्धित नियमहरु संशोधनको लागि दूरसञ्चार विभागसँग मिलेर काम गरिरहेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
- भवन अभावले अध्ययन प्रभावित, एउटै कोठामा दुइ कक्षा सञ्चालन
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया