वासिङटन । आगामी केही हप्ता’मा एक बाइडेन र सीबीच फोनवार्ता हुने अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी चिनपिङबीच ‘आगामी केही हप्तामा’ भेटवार्ताको तयारी भएको अमेरिकी वरिष्ठ अधिकारीले सोमबार बताएका हुन् ।
‘दुई नेताबीच ‘आगामी केही हप्ता भेटवार्ता हुने सम्भावना छ’, अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भने । विश्वका दुई ठूला अर्थव्यवस्था भएका मुलुकका नेताबीच लामो समयदेखि जारी व्यापार विवाद, ताइवान बिषय र यूक्रेन आक्रमणमाथि पश्चिमी प्रतिबन्धको सामना गर्न रूसलाई मद्दत नगर्न बेइजिङलाई आह्वान हुने अपेक्षा गरिएको छ । एक हप्ताअघि, बाइडेनले ‘राष्ट्रपति सीसँग वार्तालाप गर्ने’ योजना सार्वजनिक गरेका थिए ।
‘हामीले अहिलेसम्म समय तोकेका छैनौँ’, उनले भने, ‘केही दिन अघि उहाँले ‘छिट्टै’ फोन हुन सक्छ भन्नुभएको थियो ।’ दुई नेताबीचको अन्तिम भिडियो सम्मेलन मार्च १८ मा भएको थियो । उक्त भेटमा बाइडेनले सीलाई यूक्रेनको आक्रमणमा रूसलाई सहयोग नगर्न चेतावनी दिएका थिए ।
छलफलका प्रमुख बिषयहरूमा डोनल्ड ट्रम्पको नेतृत्वमा लगाइएको केही व्यापार शुल्क हटाउने विदेशको सम्भावित निर्णय हुने अपेक्षा गरिएको छ । ट्रम्प प्रशासनले केही चिनियाँ आयातमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउने निर्णय भएको थियो । यो निर्णयले चीन–अमेरिकाबीचको व्यापार विवाद थप बढेको थियो ।
यस दण्ड (अतिरिक्त कर) को उद्देश्य संयुक्त राज्य अमेरिकाले व्यापारमा चीनको अनुचित व्यापारिक अभ्यासहरू कम गर्न र अमेरिकी उत्पादकहरूको सुरक्षा गर्नु रहेको बताइएको थियो । यो कदम राजनैतिक तवरमा अमेरिकामा लोकप्रिय बनेको थियो तर संयुक्त राज्य अमेरिकामा ४० वर्षे उच्च मुद्रास्फीतिले गर्दा बाइडेनले मूल्य दबाब कम गर्ने उपाय खोज्ने क्रममा चिनियाँ सामान आयातमा लगाइएका केही अतिरिक्त कर विचार भइरहेको बताएका थिए । कुनै पनि निर्णय चाँडै आउनुपर्नेछ किनभने ट्रम्पले लगाएका अतिरिक्त शुल्कहरू छिट्टै नवीकरण नभएमा जुलाई ६ देखि तीमध्ये केहीको म्याद समाप्त हुनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया