मन्दीको डरले अमेरिकी अर्थतन्त्र १.६ प्रतिशतले खुम्चियो
अमेरिका । संयुक्त राज्य अमेरिकको अर्थतन्त्र यसअघि अनुमान गरिएभन्दा तीव्रदरले खुम्चिएको छ । यो वर्षको पहिलो तीन महिनामा अर्थतन्त्र द्रुतदरमा संकुचन भएको ब्युरो अफ इकोनोमिक एनालाइसिसले बुधबार जनाएको छ ।
यसले आर्थिक मन्दीको डर प्रबल हुँदै गइरहेको तथ्यांकले देखाएको छ । सीएनएनका अनुसार अमेरिकी कुल गार्हस्थ्य उत्पादन वार्षिक दरमा १.६ प्रतिशतले संकुचन आएको हो । यो जनवरी–मार्चको अन्तिम समीक्षा भएको बताइएको छ । यसअघि अप्रिलको तथ्यांकले उक्त अवधिमा १.४ प्रतिशतको संकुचन अनुमान गरेको थियो । जुन समीक्षा गर्दा १.५ प्रतिशतले घटाइएको हो ।
पहिलो तीन महिनामा बीईएले महामारी र ओमिक्रोन भेरिएन्टको प्रभाव जीडीपीमा देखाएको थियो । सन् २०२१ ताका अर्थतन्त्र ६.९ प्रतिशतको दरमा वृद्धि भएको थियो । तर सन् २०२२ को पहिलो त्रैमासिकमा जतिखेर रुसले युक्रेनमाथि आक्रमण थाल्यो त्यसयता विश्वव्यापी रुपमा आपूर्ति अवरोध देखिँदै आएको थियो ।
अमेरिकाको घरेलु महंगी दशकमा नदेखेको दरले बढेको थियो भने आपूर्ति समस्या, मूल्यवृद्धि र श्रमबजार महंगो हुने तथा तेलको मूल्य बढ्ने स्तरमा पुगेको थियो । वेल्स फर्जोले सन् २०२३ को दोस्रो त्रैमासिकतिर मन्दी देखिनथाल्ने अनुमान गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया