दोलखा । जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब २३ करोड ५६ लाख ८७ हजार सात सय ७३ रूपैयाँ राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाको तथ्यांकअनुसार संघीय सरकारमार्फत ५५ करोड २६ लाख ४६ हजार छ सय १० रूपैयाँ, प्रदेश सरकारमार्फत नौ करोड ८२ लाख २० हजार छ सय ४७ रूपैयाँ र स्थानीय तहमार्फत ५८ करोड ४८ लाख २० हजार पाँच सय १५ रूपैयाँ राजस्व संकलन भएको हो ।
जिल्लामा करदाता कार्यालय चरीकोटको राजस्व संकलनमा वृद्धि भएको छ भने ट्राफिक प्रहरी कार्यालयको राजस्व संकलनमा भने कमी आएको छ । करदाता सेवा कार्यालय चरीकोटले गत आवको कर संकलनमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७७–७८ को तुलनामा गत आव २०७८–७९ मा १२ करोड ९५ लाख ३२ हजार बढी राजस्व संकलन गरेको हो । आर्थिक वर्ष २०७८–७९ मा कर सेवा कार्यालय चरीकोटले विभिन्न शीर्षकमा कुल ३३ करोड ४३ लाख ५३ हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख गणेश बहादुर डाँगीले जानकारी दिए । कार्यालयले आर्थिक वर्ष २०७८–७९ मा ३१ करोड ६९ लाख १७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको उनले बताए । कार्यलयले आर्थिक वर्ष २०७७–७८ मा २० करोड ४८ लाख २१ हजार राजस्व संकलन गरेको थियो ।
त्यस्तै जिल्ला ट्राफिक कार्यालय दोलखाले गत आवमा ४५ लाख आठ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७–७८ को तुलनामा गत आवमा राजस्व संकलनमा कमी आएको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७७–७८ मा ५७ लाख ७० हजार पाँच सय रूपैयाँ राजस्व संकलन गरेको थियो भने गत आवमा ४५ लाख आठ हजार रूपैयाँ मात्रै राजस्व गरेको छ । त्यसैगरी जिल्ला नापी कार्यालय दोलखाले आर्थिक वर्ष २०७८/०७९ मा नौ लाख नौ हजार राजस्व संकलन गर्न सफल भएको जनाएको छ । जिल्लाका अन्य सरकारी कार्यालय र स्थानीय तहको राजस्व संकलनमा पनि सुधार आएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पठाओ फुड फेस्टमा दुई लाख ६० हजार बढी अर्डर डेलिभरी
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
- आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा
- विदेशीका लागि नयाँ पदयात्रा गन्तव्य
- सरकारको काम गठन र विघटन मात्रै
- प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया