राजस्व छलेर ल्याएको सुर्तीजन्य पदार्थ कारोबार गर्ने पक्राउ
काठमाडौं । राजस्व छलेर भारतबाट ल्याएको कच्चा सुर्तीजन्य पदार्थ कारोबार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानुनीरूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्नेगरेको सूचनाको आधारमा प्रहरीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–११ बस्ने सिन्धुली तीनपाटन गाउँपालिका–६ घर भएका ५६ वर्षीय पोष्टराज गौतम, ललितपुर महानगरपालिका–३ धोवीघाट बस्ने मोरङ विराटनगर महानगरपालिका–१२ घर भएका ५३ वर्षीय सुरेश पोख्रेल, काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने सर्लाही विष्णु गाउँपालिका–३ घर भएका ४४ वर्षीय दिनेश चौधरी र काठमाडौं सिनामंगल घर भएका ३८ वर्षीय अरबिन्द अग्रवाल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पोष्टराजलाई काठमाडौं पेप्ससीकोला र दिनेशलाई काठमाडौं कुलेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनीहरूले भारतबाट राजस्व छली गरी ल्याएको सुर्तीजन्य कच्चापदार्थ अरबिन्द र सुरेशले सञ्चालन गरेको ललितपुर महानगरपालिका–२१ खोकनास्थित न्यू शुभलक्ष्मी सुर्ती उद्योग तथा उपत्यकाका विभिन्न स्थानमा भण्डारण गरी राखेको खुल्न आएको थियो ।
उनीहरूको बयानपछि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले उक्त उद्योग, नख्खुस्थित फुलबारी मार्ग, भैँसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको २ वटा गोदाम र अफिस तलासी गर्दा राजस्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा सुर्ती करिब २० हजार दुई सय केजी र तयारी सुर्ती करिब आठ हजार केजी भण्डारण गरी राखेको अवस्थामा फेला पारेको हो । उक्त गोदाम राजस्व अनुसन्धान विभाग र स्थानीय जनप्रतिनिधिको रोहवरमा सिल गरिएको छ । पक्राउ परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
- नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा
- श्रमिक दिवसको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त
- मजदुर वर्गको आर्थिक तथा सामाजिक समस्या समाधान गर्नुपर्छ: झलनाथ खनाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया