ग्यासको प्रयोगमा १५ प्रतिशत कटौती गर्ने ईयूको योजना कार्यान्वयनमा
ब्रसेल्स । युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य संकटको सामना गर्न यूरोपेली संघ (ईयू) ले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना मंगलबारदेखि लागू भएको छ ।
एएफपीका अनुसार दुई साताअघि २७ राष्ट्रसम्मिलित यूरोपेली संघ (ईयू) ले सहमति गरेको उक्त योजनालाई समेटेर ईयूको नियम सोमबार युरोपेली संघको आधिकारिक प्रशासनिक पत्रमा प्रकाशित गरिएको छ । ‘युक्रेनविरुद्ध रूसी सैन्य आक्रमणले ल्याएको ग्यास आपूर्तिको सुरक्षामा आसन्न खतरालाई ध्यानमा राख्दै यो नियम तत्काल लागू गरिनुपर्ने देखिएकोले मंगलबारदेखि कार्यान्वयनमा ल्याइएको छ’, विज्ञप्तिमा भनिएको छ ।
यसको उद्देश्य अत्यधिक चिसो समयलाई आफ्नो ग्यासको भण्डारलाई समयमै बलियो बनाउन सक्षम हुनुपर्ने र यसका लागि ईयूले यो निर्णय गरेको हो । युरोपेली घरपरिवार र व्यवसायहरू ऊर्जाका लागि रूसी ग्यासको भर पर्नुपर्ने र यसका लागि इन्धन भण्डारण नै निर्विकल्प उपाय भएको विज्ञप्तिमा बताइएको छ । पत्रमा भनिएको छ, ‘ईयू देशहरूले उनीहरूले अघिल्लो पाँच वर्षमा औसतमा कति प्रयोग गरे भन्ने आधारमा यही अगष्टदेखि अर्को वर्षको मार्चसम्म ‘कम्तीमा १५ प्रतिशत’ ग्यास खपत घटाउन आफ्नो सर्वोत्तम प्रयास प्रयोग गर्नेछन् ।’
केही ईयू देशहरूले यस नियमलाई कडाइका साथ पालना असम्भव भएको भन्दै नियम कार्यान्वयन गर्न मानिरहेका थिएनन् । उनीहरूले कुनै पनि अवस्थामा ‘स्वैच्छिक माग कटौती’ गर्ने शर्त राखेका थिए । यी देशहरू युरोपेली विद्युत् ग्रीडमा पूर्णरूपमा जडान गरिएका थिएनन् वा ईयूका अन्य भागहरूमा ग्यास पाइपलाइनहरूसँग वा अन्य सदस्य राष्ट्रहरूलाई मद्दत गर्न पर्याप्त पाइपलाइन ग्यास खाली गर्न असमर्थ थिए ।
रुसबाट सिधै ल्याइने ग्यासमा निर्भर रहेको हंगेरीले यसको अपवादको माग गरेको थियो । ईयूको आर्थिक महाशक्ति जर्मनीले गत वर्ष रूसबाट आयात हुने ४० प्रतिशत ग्यास आयातमा ठूलो हिस्सा ओगटेको थियो । यदि युरोपेली आयोगले ‘ग्यास आपूर्तिमा गम्भीर कमी’ वा असाधारण रूपमा उच्च ग्यासको माग देखापरेको छ भने, यसले ईयू सदस्य राष्ट्रहरूलाई ग्यास कटौतीका लागि बाध्यकारी बनाउँछ र अपवादहरू सीमित गर्दछ ।
ईयूले यूक्रेन युद्धका लागि मस्कोमाथि लगाएको प्रतिबन्धमा रूसी ग्यासलाई समावेश नगरे पनि ब्रसेल्सले युरोपलाई बलियो बनाउन सक्ने अनुमानसहित ब्रसेल्सका लागि हुने आपूर्तिमा पनि क्रेमलिनले भारी कटौती गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया