पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
इस्लामावाद । पाकिस्तानको केन्द्रीय बैंकले पाकिस्तानी आर्थिक पुनरुत्थानले निरन्तरता पाएको जनाएको छ । सन् २०२१ को जुलाईदेखि डिसेम्बरसम्म, देशमा ठूलो परिमाणमा उत्पादनले व्यापकता लिएको फेडरल बोर्ड अफ रेभेन्यूको कर संकलनमा वृद्धिसँगै निर्यात उत्साहजनक भएको र खरीफ (पाकिस्तानमा मनसुन को रोपाईको मौसम) बालीहरूले उच्च उत्पादन रेकर्ड गरेको एसबीपीले शुक्रबार जारी गरेको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि बहुवर्षीय उच्च विश्वव्यापी वस्तुको मूल्यको बीचमा, बढ्दो मुद्रास्फीति र चालू घाटाले पाकिस्तानी अर्थतन्त्रलाई चुनौती खडा गरेको एसबीपीले जनाएको छ । यी दबाबहरूले मागलाई कम गर्न अन्य नियामक उपायहरूको बीचमा मौद्रिक कडाइको आवश्यकता छ ।
कोभिड–१९ को सुधारिएको अवस्था र सशक्त खोप अभियानले ठूलो मात्रामा निर्बाध आर्थिक गतिविधिका लागि मार्ग प्रशस्त गरेको प्रतिवेदनमा उल्लेख छ । केही क्षेत्रहरूमा कर कटौती, संघीय र प्रान्तीय विकास खर्चमा विस्तार, उच्च गैर–ब्याज चालू खर्चसहित वित्तीय उपायहरूले पाकिस्तानको आर्थिक वृद्धिलाई सहयोग पु¥याएको छ ।
यस अवधिमा निजी क्षेत्रको कर्जा वार्षिक रूपमा करिब चार गुणाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । यो मुख्यतया बढ्दो आन्तरिक माग, उच्च निर्यात, साथै विश्वव्यापी वस्तुको मूल्य वृद्धि र आर्थिक वर्षको पहिलो छ महिनामा घरेलु थोक मूल्यमा आएको उछालका कारण बढेको कार्यशील पूँजीको आवश्यकताका कारण भएको प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया