काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजानिक गरेको छ । कम्पनीले सार्वजानिक गरेको वित्तीय विरणअनुसार आव २०७८/७९ को चौथो त्रैमासिक अवधी (२०७९ असार मसान्त) सम्म कम्पनीले आठ अर्ब ३८ करोड ८८ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ ।
कम्पनीको आव २०७७/०७८ को चौथो त्रैमासिक अवधि (२०७८ असार मसान्त)मा खुद मुनाफा सात अर्ब १२ करोड ९४ लाख ४१ हजार रूपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको नाफा एक अर्ब २५ करोड छ लाख ४७ हजार रूपैयाँले वृद्धि भएको हो । यस्तै कम्पनीको कुल सञ्चालन आय ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा ३५ अर्ब ९३ करोड ५६ लाख ८३ हजार रूपैयाँ रहेको कम्पनीको कुल सञ्चालनमा आय गतवर्ष ५ दशमलव ४४ प्रतिशतले वृद्धि भएको हो । यस्तै कम्पनीको कुल आय ५ प्रतिशतले वृद्धि भएको छ । आव २०७७/०७८ को चौथो त्रैमासिक अवधि (२०७८ असार मसान्त) सम्मको कुल आय ४२ अर्ब २० करोड ९९ लाख तीन हजार रूपैयाँ रहेकोमा गत आवको सोही अवधिमा दुई अर्ब ११ करोड १४ लाख ५४ हजार रूपैयाँले वृद्धि भई ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रूपैयाँ पुगेको हो । डाटा सेवाको प्रयोगमा वृद्धि, फोरजी सेवाको विस्तार, बैंक ब्याजदर र विदेशी विनिमय दरमामा भएको परिवर्तनलगायतका कारण खुद नाफा बढेको उल्लेख गरेको छ ।
कम्पनीका अनुसार डाटा सेवाको प्रयोगमा वृद्धिले जीएसएम डाटातर्फ करिब ५० करोड र फोरजी सेवाको व्यापक विस्तार गरिएका कारण जीएसएम भोइस सेवाको प्रयोगमा भएको वृद्धिले करिब दुई अर्ब ५५ करोड रूपैयाँ थप आम्दानी भएको छ । यस्तै अन्तरआबद्धतासम्बन्धी निर्देशिकाअनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब ७० करोड, वायरलाइन सेवाको प्रयोग घटेकोले राजस्वमा करिब २१ करोड र सीडीएमए सेवा जीएसएम सेवामा प्रतिस्थापन गरिएको हुँदा करिब १२ करोड रूपैयाँले कमी आएकोले कार्य सञ्चालन आयमा भने केही कमी भएको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया