लोयड्स र डिरेक्ट लाइनले सयौ“ रोजगारी कटौती गर्ने
बेलायत, फागुन १५
बेलायती बैंकिङ समूह लोयड्स र इन्स्योरेन्स कम्पनी डिरेक्ट लाइनले सयौँ रोजगारी कटौती गर्ने भएका छन् । लोयड्सले ७ सय ८० जनाको पूर्णकालीन रोजगारी कटौती गर्ने घोषणा गरिसकेको छ । चालू वर्षभित्र उक्त रोजगारी कटौती हुनेछ । कम्पनीले ग्राहक सेवाका, परामर्शदातृ र ब्रान्च मेनेजरहरुको रोजगारी कटौती गर्ने भएको हो ।
त्यस्तै डिरेक्ट लाइनले ८ सय रोजगारी कटौती गर्ने बताएको छ । कम्पनीले सन् २०२१ र २२ मा उक्त संख्यामा रोजगारी कटौती गर्नेछ । एक हप्ताअघि लोयड्सले करिब साढे ४ अर्ब पाउन्ड करअघिको नाफा घटेको प्रतिवेदन सार्वजनिक गरेको थियो । यो ग्रुपभित्र लोयड्स, हालिफ्याक्स र बैंक अफ स्कटल्यान्ड समावेश छन् । यो वर्षको सुरुतिरै कम्पनीले कतिपय शाखा बन्द गर्ने घोषणा गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया