युक्रेनमा आणविक हतियार प्रयोग नगर्न रुसलाई अमेरिकाको चेतावनी
वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा रासायनिक वा सामरिक आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् ।
युक्रेनमा पछिल्लो दिनमा व्यहोरेको गम्भीर क्षतिपछि रूसले रासायनिक तथा आणविक हतियार प्रयोग गर्नुसक्नेबारे राष्ट्रपति बाइडेनलाई सोधिएको प्रश्नमा बाइडेनले त्यसो गर्नु रूसका लागि ठूलो गल्ती हुने बताएका हुन् ।
यसै महिना युक्रेनमा ठूलो क्षति व्यहोरिरहेका रूसले रासायनिक वा सामरिक आणविक हतियारको सहारा लिने सम्भावनाबारे एक अन्तर्वार्ताकारले सोधेको प्रश्नको जवाफमा बाइडनले उक्त कुरा बताएका हुन् ।
बाइडेनले भने, ‘दोस्रो विश्वयुद्धपछिको जस्तो युद्धको स्वरूप परिवर्तन गर्नुहुनेछ ।’ यदि युद्धमा थप विवेक गुमाएमा उनी (रूसी) हरू विश्वमा अस्वीकृत हुनेछन् । युक्रेनले पश्चिमी सहयोगीहरूले सहयोग गरेको भारी हतियारहरूको कारण हालैका हप्ताहरूमा रुसी सेनाको कब्जाबाट पूर्वको केही भूभाग युक्रेनले पुनः कब्जा गरेको छ । पश्चिमी सहयोगीहरूले आपूर्ति गर्ने भारी हतियारहरूको कारण बढेको छ ।
रसियाको कब्जामा रहेको इज्युम सहरबाहिर एउटा सामूहिक चिहान फेला परेपछि मस्कोले पश्चिमा मुलुकहरूबाट नयाँ आक्रोशको सामना गरिरहेको छ । कीभका अधिकारीहरू भन्छन्, ‘निकालिएका प्रायः सबै शवहरूमा यातनाको संकेत देखिएको छ ।’
तर पुटिनले रूसको पश्चिमा झुकाव भएको छिमेकीविरुद्ध आफ्नो युद्ध योजनाअनुसार नै अघि बढिरहेको बताउँदै आएका छन् । पुटिनले शुक्रबार भने, ‘यो योजना यही अवस्थामा रोकिनेस्थिति छैन ।’ उनले डोनबासमा हाम्रो आक्रामक अभियान पनि नरोकिएको बताए ।
‘तर त्यो केही सुस्त गतिमा चलिराखेको छ । रुसी सेनाले नयाँ र नयाँ भूभाग कब्जा गरिरहेको छ’, उनले भने ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया