श्रीलंकाको नौसेनाद्वारा आठ भारतीय मछुवा पक्राउ
कोलम्बो । श्रीलंकाको जल क्षेत्रमा ‘अवैधरूपमा माछा मार्ने गरेको’ आरोपमा श्रीलंकाको नौसेनाले आठ भारतीय मछुवालाई पक्राउ गरेको छ ।
प्रहरीको विज्ञप्तिअनुसार सोमबार राति १० बजे जगदपट्टिनमबाट २२ नटिकल माइलको दूरीमा ती माछा मार्नेहरूलाई पक्राउ गरिएको हो । गत महिना श्रीलंकाको नौसेनाले १० भारतीय मछुवालाई पक्राउ गरेको श्रीलंकाको मछुवा संघले जनाएको छ ।
यसअघि तमिलनाडुको तटीय जिल्लाबाट डुङ्गामा यात्रा गरिरहेका नौ जना माछा मार्ने श्रीलंकाको जलक्षेत्रमा अतिक्रमण र माछा मारेको आरोपमा पक्राउ परेका थिए । नागपट्टिनमबाट पक्राउ परेका मछुवाहरूलाई त्रिन्कोमाली बन्दरगाहमा लगिएको रामेश्वरम प्रहरीले जनाएको छ ।
यसअघि श्रीलंकाको जलसेनाले डुंगा दुर्घटनाका कारण अलपत्र परेका ६ भारतीय मछुवाको उद्धार गरेको थियो । रामेश्वरम माछा मार्ने बन्दरगाहबाट करिब ५ सय ३२ डुङ्गा समुद्रतर्फ प्रस्थान गरेका छन् । तर सगेर पाण्डियनको स्वामित्वमा रहेको डुङ्गाले भारत–श्रीलंकाको समुद्री सिमाना रहेको पाल्क बे क्षेत्रमा यान्त्रिक समस्या देखिएको संकेत गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया