तालिबानले रुससँग तेल, ग्यास र गहुँ खरिद गर्ने
काबुल । तालिबानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा ‘विशेष छुट’ हुने गरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ ।
युक्रेन आक्रमण गरेपछि रुसमाथि लगाइएका प्रतिबन्धका कारण यो सम्झौता बताइएको छ । पश्चिमी देशहरूले रुसमाथि बन्देज लगाएपछि मस्कोले आफ्नो निर्यात युरोपबाट एसियातर्फ सार्न बाध्य भएको छ । आर्थिक विकास, व्यापार र ट्रान्जिट तालिबान गत वर्ष अगस्टमा सत्तामा आएदेखि उच्च प्राथमिकतामा राखेको छ । इस्लामिक समूहले यस क्षेत्रका देशहरूसँग कूटनीतिक र आर्थिक संलग्नता जारी राखेको छ ।
यस वर्षको सुरुमा उच्चस्तरीय तालिवान प्रतिनिधिमण्डलले रुसको भ्रमण गरेपछि यो सम्झौता भएको हो । मस्कोबाहेक, कयस क्षेत्रका देशका थुप्रै कम्पनीहरूले अफगानिस्तानको निकासी उद्योग क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् । तालिवान नेतृत्वले आफूहरू अन्तर्राष्ट्रिय समुदायसँग व्यापार सम्झौताको निरन्तर खोजीमा रहेको बताउँदै आएको छ ।
मंगलबार जारी गरिएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले अफगानिस्तानको अर्थतन्त्र गम्भीर आर्थिक संकुचन र तालिवानको कब्जापछि आएको बैंकिङ तथा वित्तीय संकटका कारण निकै कमजोर भएको बताएइको छ ।
‘उपलब्ध तथ्यांकले भन्सार र गैरकर स्रोतहरूद्वारा सञ्चालित जुन महिनासम्मको राजस्व संकलन गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको स्तरसँग बराबर रहेको र कोइला र फलफूलबाट सञ्चालित निर्यातले विगतको आँकडालाई उछिनेको देखाएको छ’, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई दिएको पछिल्लो त्रैमासिक प्रतिवेदनमा सो बारे उल्लेख गरिएको छ ।
राजनीतिक अनिश्चितता, सेवाहरूमा अपर्याप्त पहुँच र आर्थिक सहभागिताबाट महिला बहिष्करणका कारण सहायता प्रवाहमा अचानक रोक लगाइनुले आर्थिक वृद्धिमा समस्या आएको देखिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया