राष्ट्र बैंकद्वारा प्रतिबन्धित ठूला दरका भारतीय नोटसहित तीन जना पक्राउ
काठमाडौं । सरकारको निर्देशनमा नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएको ठूला दरको भारतीय नोटसहित तीन जना महिलाहरू पक्राउ परेका छन् ।
अवैधरूपमा भारतीय प्रतिबन्धित मुद्रा नेपालको वीरगञ्ज सिमानाका हुँदै भित्र्याउँदै गरेको भन्ने सूचनाको आधारमा यही असोज २२ गते बिहान अन्दाजी ०९ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय वीरगञ्ज, पर्सा कार्यालय मातहत वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकस्थित सडकखण्डमा सवारीसाधन तथा पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा तीन जना महिलाहरूलाई पक्राउ गरिएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीको
भनाइ छ ।
प्रवक्ता गिरीका अनुसार पक्राउ पर्नेहरूमा भारत रक्सौलदेखि वीरगञ्जतर्फ आउँदै गरेकी जिल्ला नुवाकोट साबिक गाविस शिखरवेसी वडा नं. ७ बस्ने अन्दाजी ४५ वर्षकी अनिता तामाङ र निजको साथमा आएकी धादिङकी ३० वर्षीय मन्जु तामाङ बताउने महिलाले बोकी ल्याएको झोला तथा निजको शरीरको तलासी लिँदा निजहरूमध्येका अनिता तामाङको साथबाट भारतीय रुपैयाँ दुई हजार दरको नोट ५५ थान, पाँच सय दरको पाँच हजार तीन सय ८० दिन समेत गरी २८ लाख भारतीय रुपैयाँ, निजको साथमा आएकी मन्जु तामाङको साथबाट भारतीय रुपैयाँ पाँच सय दरको एक सय १२ थान गरी जम्मा भारतीय रुपैयाँ ५६ हजार समेत गरी स्रोत नखुलेको कुल भारतीय रुपैयाँ २८ लाख ५६ हजार रुपैयाँ फेला परेको र निजहरूसँगै भारतबाट आएका जिल्ला नुवाकोट शिख्रा वेँशी वडा नं. ७ बस्ने वर्ष ४४ की सरिता अग्रवाल समेतको उक्त प्रतिबन्धित नोटहरू ल्याउने कार्यमा संलग्नता देखिएको हुँदा उल्लिखित रुपैयाँ बरामद तथा निजहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मन्त्री यादव न्युयोर्कमा
- जिपी कोईराला फाउन्डेशन अमेरीकाका अध्यक्ष घिमीरे बने पहिलो नेपाली अमेरिकन सम्मानित
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया