सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम लोकप्रिय बन्दै
दोलखा । धुलिखेल अस्पताल दोलखाले जिल्लाका चार स्थानीयतहमा सञ्चालन गरेको सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम लोकप्रिय बन्दै गएको छ । अस्पताल तथा स्वास्थ्य केन्द्रको पहुँचदेखि टाढा रहेका दोलखाका चारवटा स्थानीयतहहरूमा धुलिखेल अस्पतालले गतवर्ष उक्त कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमले सहजरूपमा स्वास्थ सेवाको पहुँच पुगेको धुलिखेल अस्पताल दोलखाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजकुमार दङ्गालले बताए । अस्पतालले भूकम्पपछि जिल्लाको भीमेश्वर नगरपालिका, बैतेश्वर, कालिञ्चोक र तामाकोशी गाउँपालिकामा स्वास्थ्य कर्मचारी नै खटाएर सामुदायिक स्वास्थ सहयोग कार्यक्रम सञ्चालन गरेको छ । ग्रामीण भेगमा उक्त कार्यक्रमको सेवा लिने बिरामी वृद्धि भएको अस्पतालको तथ्यांकले देखाएको छ । कार्यक्रमले ग्रामीण बस्तीका महिला तथा ज्येष्ठ नागरिक, बालबालिकाहरूलाई सहजरूपमा घरमै पुगेर सेवा दिएकाले सामुदायिक स्वास्थ्य कार्यक्रम लिनेहरूको संख्या वृद्धि हुँदै गएको डाक्टर दङ्गालले बताए ।
धुलिखेल अस्पतालले अस्पताल र स्वास्थ्य केन्द्रको पहुँचमा नरहेका विकट ग्रामीण बस्तीका नागरिकलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरेको हो । मुख्य गरी सुत्केरी महिलाले सहजरूपमा घरबाटै समयमै स्वास्थ परामर्श, प्रस्तुति सेवा पाएको अस्पतालले जनाएको छ । अस्पतालले सहजरूपमा निःशुल्क सेवा दिने हँुदा बिरामी दर र मृत्यु दर घट्दै गएको, प्रजनन दर, नवजात मृत्यु र बाल रोगमा पनि कमी आएको डाक्टर दङ्गाल बताए । धुलिखेल अस्पताल दोलखाले एक महिनाको अवधिमा नौ सय जनालाई सामुदायिक स्वास्थ सहयोग कार्यक्रममार्फत स्वास्थ सेवा दिने गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया