मंसिर १५ पछि तीव्र गतिमा सवारी चलाउनेले पनि सचेतना कक्षा लिनुपर्ने
काठमाडौं । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर १५ गते बिहीबारदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकहरुलाई पनि जरिवानाका साथै अनिवार्य १ घण्टाको सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । अहिलेसम्म मापसे गरेर सवारीसाधन चलाउने, लेन नियम उल्लङ्घन गर्ने र रातो बत्ती क्रस गरेमा मात्रै सचेतना कक्षा लिनुपर्ने व्यवस्था रहेको थियो ।
काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण नै तीव्र गतिमा सवारीसाधन चलाउनु रहेकोले अनिवार्यरुपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था गर्न लागिएको कार्यलयले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा तीन हजार पाँच सय ४३ र चालू आर्थिक वर्षको तीन महिनाको छ सय ४९ वटा सवारी दुर्घटनाहरु तीव्र गतिका कारण भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार चार सय४ सात जना र चालू आर्थिक वर्षको तीन महिनामा आठ हजार पाँच सय ८४ जना तीव्र गतिमा सवारीसाधन चलाउने चालकहरुलाई कारबाही गरेको थियो । कारबाही गरिए पनि सवारीचालकहरुमा सचेतनाको कमीले गर्दा तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृतिमा कमी नआएको र दुर्घटनाहरु समेत बढ्दै गएकोले अनिवार्य रुपमा एक घण्टाको सचेतना कक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया