अन्तर्राष्ट्रिय तथ्याङ्क दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम
काठमाडौं । संयुक्त राष्ट्रसघले प्रत्येक पाँच वर्षको अन्तरालमा मनाउँदै आएको अन्तर्राष्ट्रय तथ्याङ्क दिवस गत अक्टोवर २० गते नेपालमा एक कार्यक्रम गरी मनाइएको छ । संसारभर एकैपटक मनाइने अन्तर्राष्ट्रिय तथ्याङ्क दिवसको उपलक्ष्यमा तथ्याङकशास्त्रको महत्व विकासको लागि तथ्यांकशास्त्र ः नागरिक र सरकार विषयमा नेपालय कलेज र पल्स नेपाल अनुसन्धान संस्थाले संयुक्तरूपमा विश्वविद्यालयमा अध्ययन गर्ने विभिन्न क्याम्पसका विद्यार्थीबीच क्षेत्रीयस्तरको प्रतियोगिता गरी सम्पन्न भएको हो ।
भर्चुअल विधिबाट सम्पन्न सो कार्यक्रममा नेपालका विभिन्न क्याम्पसहरूबाट तीन सयको आवेदन परेकोमा दश उत्कृष्ट निबन्धहरूलाई अन्तिम राउन्डमा भर्चुअल माध्यममा प्रतिस्पर्धा गराइएको थियो । उक्त कार्यक्रममा प्रथम, द्वित्तीय र तृत्तीय हुने व्यक्तिहरूलाई कार्यक्रमका निर्णायक समूहका प्रमुख त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक, तथा लेखक डिलाराम भण्डारीद्वारा विभिन्न पुरस्कारहरू वितरण गरिएको थियो ।
विश्वविद्यालयका प्राध्यापक, अन्य विशिष्ट वक्ताहरू र प्राध्यापक डा. रोनले तथ्यांकशास्त्रको महत्वको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको उद्देश्य र ऐतिहासिक महत्वको बारेमा भण्डारीले मन्तव्य दिएका थिए । कार्यक्रममा विकासका हरेक आयामहरूमा तथ्यांकशास्त्रको महत्वपूर्ण भूमिका रहने बताउँदै भण्डारीले विकसित देशले अपनाएको तथ्याङ्कमा आधारित विकास र प्रविधि नेपालले पनि अनुसरण गर्नुपर्ने बताए । भर्खर मात्र नेपालमा दिगो विकाससम्बन्धी यूएनडीपीको प्रगति प्रतिवेदनको अनुसन्धानकर्ताको भूमिका निर्वाह गरेका भण्डारीले दक्षिण एसियाका देशहरूको तुलनामा नेपालमा शिक्षाक्षेत्रमा विकास भएता पनि अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा गर्न धेरै मिहिनेत र लगानी गर्नुपर्ने तथ्याङ्क विश्लेषणसहित तर्क प्रस्तुत गरे ।
कार्यक्रममा हरेक विद्यालयमा र विश्वविद्यालयमा तथ्यांकशास्त्रको पठनपाठन र यसको महत्वको बारेमा व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया