कतारले चीनमा २७ वर्षका लागि ग्यास आपूर्ति गर्ने
दोहा । कतारले चीनसँग २७ वर्षका लागि ग्यास आपूर्ति गर्ने सम्झौता गरेको छ । कतारइनर्जीका प्रमुख साद अल काबीले सोमबार सम्झौताबारे जानकारी गराएका हुन् ।
उनका अनुसार कतारइनर्जी र चीनको सिनोपेकबीच २७ वर्ष लामो ग्यास आपूर्ति सम्झौता भएको हो । ‘आज नर्थ फिल्ड इस्ट प्रोजेक्टका लागि पहिलोपटक बिक्री र किन्ने प्रयोजनका लागि एउटा महत्वपूर्ण कोशेढुंगा हो । यो चीनको सिनोपेकलाई २७ वर्षका लागि ४० लाख टनको आपूर्ति सम्झौता हो’, काबीले दोहामा रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा भनेका छन् ।
यो सम्झौता किन्ने र बेच्ने दुवैका लागि महत्वपूर्ण रहेको छ भने यसले लामो समयका लागि सम्झौता गर्नुपर्ने देखाएको उनको भनाइ छ । द नर्थ फिल्ड विश्वकै ठूलो ग्यास भण्डार रहेको क्षेत्र हो जुन कतार र इरानको भूभागमा पर्छ । कतार इनर्जीले यही वर्षको सुरुतिर नर्थ फिल्ड इस्टका लागि सम्झौताहरु गरेको थियो । दुई फेजको नर्थ फिल्ड विस्तार योजनाको यो पहिलो र ठूलो हो । यसमा छ एलएनजी ट्रेनले सात करोड ७० लाख रहेको कतारको तरलीकृत क्षमता बढाएर सन् २०२७ सम्ममा १२ करोड ६० लाख टन प्रतिवर्ष पु-याउनेछ । त्यस्तै दोस्रो फेज विस्तारका लागि पनि कतारले सम्झौता गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया