आईएमई जनरल इन्स्योरेन्सले छ दशमलव ८४ प्रतिशत लाभांश दिने
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बोनस तथा नगद समेत गरी छ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको यही मंसिर पाँच गते सोमबार बसेको सञ्चालक समितिको एक सय २७औँ बैठकले कम्पनीको वितरणयोग्य मुनाफा समेतबाट हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ७० करोड १६ लाख ५१ हजार चार सय २० रुपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा छ दशमलव ५० प्रतिशत अर्थात् ११ करोड छ लाख सात हजार तीन सय ४२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव ३४ प्रतिशत अर्थात् ५८ लाख २१ हजार चार सय ३९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया