पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्कीको आयोजनामा १३औँ नेसनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने भएको छ ।
महोत्सव यही मंसिर २० गतेदेखि २३ गतेसम्म हुनलागेको हो । महोत्सवबारे जानकारी दिने उद्देश्यले शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले ‘एन प्याब्सन कास्कीको मान्यता : विद्यालय शिक्षामा खेलकुदको अपरिहार्यता’ भन्ने नारासाथ महोत्सव गर्न लागिएको बताए ।
पोखरा रङ्गशालामा गर्न लागिएको महोत्सवबाट एन प्याब्सनसँग आबद्ध विद्यालयको शैक्षिक एवं सहक्रियाकलापलगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ । आधारभूत र माध्यमिक तहमा छात्र र छात्रा समूहमा विभिन्न विधामा खेल खेलाउन लागिएको उनले जानकारी दिए । एन प्याब्सन कास्कीमा ५० विद्यालय आबद्ध रहेका वरिष्ठ उपाध्यक्ष शिवदत्त तिवारीले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया