काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालि को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएक छन् । २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ ।
बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स् क्षेत्रमा स्थापित नाम हो । खनाललाई एक समारोहका बिच नेपाल रेमिट इन्टरनेशनल प्रालिका अध्यक्ष रितश मित्तलले स्वागत गरे । खनालले आफ्नो पदभार समेत ग्रहण गरिसकेका छन् । विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले डिजिटल रेमिट्यान्स्मा अझै जोड दिदै विश्वका विभिन्न कुनावाट रेमिट्यान्स् भित्राउदै आएको छ ।
कम्पनिमा अनुभवि कार्यकारी अधिकृत सिएसागर खनाल को आगमन पछी कम्पनिका सेवा सुबिधाका साथै यस कम्पनीको लोकप्रियतालाई आम उपभोक्ता सम्म पर्याइ आगामी दिनमा अझै उचाइमा पुग्ने कुरा नेपाल रेमिटले विश्वास लिएको बताएको छ ।
नेपाल रेमिट इन्टरनेशनल प्रालिले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ ।पदभार ग्रहण गर्दै खनालले भने पछिल्लो समयमा धेरै कुरा डिजिटल रुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि हामीले डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आम नेपालीलाई सेवा प्रदान गर्ने बताए । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया