सत्तासाझेदार गठबन्धन दलको बैठक बालुवाटारमा सुरु
मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न सत्तासाझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरु सहभागी छन् ।
राससका अनुसार बैठकमा मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने प्रयास गरिने जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता सहभागी छन् ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया