सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु
काठमाडौँ । काठमाडौँको बौद्धमा सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु भएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानको आयोजनामा मङ्गलबारदेखि बौद्धको तारागाउँ सङ्ग्रहालयमा सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु भएको हो ।
उक्त कला प्रदर्शनीको भारतीय राजदूतावास, काठमाडौँका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा उनले कला प्रदर्शनीले नेपाल भारतबीचको सम्बन्धलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरे ।
सो प्रदर्शनीमा ११ नेपाली युवा कलाकारले नेपाल र भारतको मित्रता झल्काउने तथा दुई देशका स्मारकसम्बन्धी तयार पारिएका ३८ कलाकृति राखिएका छन् । उक्त कला प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ ।
क्याटेगोरी : कला / संस्कृति
ताजा अपडेट
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया