नवनियुक्त कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको तालिम
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरूलाई सोमबारबाट १४ दिने पूर्वसेवाकालीन तालिम सुरु गरेको छ । बैंकले बागमती र गण्डकी प्रदेशका लागि छनोट भएका नवनियुक्त सहायक प्रशासन सेवाका कर्मचारीलाई तालिम दिएको हो ।
काठमाडौंमा सुरु भएको तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिस्पर्धामा सफलता हासिल गर्न नसकिने भएकाकले तालिम दिइएको बताए । तालिमबाट प्राप्त हुने व्यावहारिक ज्ञानले कार्यस्थलमा नागरिकलाई सेवा दिन सहयोग पुग्ने र संस्थाको उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गरे ।
सीईओ श्रेष्ठले अन्य प्रदेशका सहायकस्तरका कर्मचारीहरूको भर्ना प्रक्रिया छिटै पूरा भएपछि पुरानो बैंक नयाँ कर्मचारीले युक्त हुने बताए । नयब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्यबोध गराइन् । बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रविधिको प्रयोगबाट बढिरहेको जोखिमबाट सचेत भएर डिजिटल बैंकिङ कारोबार बढाउनुपर्नेमा जोड दिए । बैंकको मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त कर्मचारीहरूलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम शपथ गराए ।
बैंकले देशका ७७ वटै जिल्लाका दुई सय ६५ शाखा कार्यालय, ५२ एक्सटेन्सन काउन्नटर, दुई सय ६९ एटीएम लर ९९ शाखारहित बैंकिङ इकाइहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया