Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिबी बिक्रीबाटै पाँच लाख बढी आम्दानी

किबी बिक्रीबाटै पाँच लाख बढी आम्दानी


सोलुखुम्बु । सोलुखुम्बुको कृषि ज्ञान केन्द्र फार्म व्यवस्थापन शाखा(बागबानी)ले किबी बिक्रीबाटै वर्षमा पाँच लाख बढी आम्दानी गरेको छ । शाखाले चालू आर्थिक वर्ष २०७९/०८० मा उत्पादन भएको छ मेट्रिकटन किबी बिक्रीबाट पाँच लाख एक सय राजस्व संकलन गरेको हो ।

बागबानीले हेवार्ड, एलिसन, मुन्टी, एर्वोड, ब्रोनोलगायत प्रजातिका किबी लगाएको बागबानी अधिकृत चन्द्र फडेराले जानकारी दिए । उनका अनुसार उत्पादित किबी ग्रेडअनुसार प्रतिकिलो १०० देखि २०० रुपैयाँसम्ममा बिक्री गरिएको थियो । उत्पादित किबी अधिकांश जिल्लाभित्रै खपत भएका छन् भने कतिपयले कोशेलीको रूपमा काठमाडौं, विराटनगर, झापासहित भारतसमेत लगेको अधिकृत फडेराले बताए । फार्म व्यवस्थापन शाखा बागबानीले २०७४ सालबाट सुरु गरेको किबी खेती हाल २० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । हाल बागबानीमा २५० बोट किबी रहेको छ भने बर्सेनि उत्पादन बढ्दै गएको अधिकृत फडेराको भनाइ छ ।

फार्ममा गत आर्थिक वर्ष करिब चार हजार किलो किबी उत्पादन भएको थियो । सो वर्ष किबी बिक्रीबाट साढे ३ लाख राजस्व संकलन गरेको फार्म व्यवस्थापन शाखा बागबानीले जनाएको छ । शाखा प्रमुख फडेराले भने, ‘मेहनत र परिश्रम गर्ने हो भने कृषिमा जति आम्दानी अरू व्यवसायमा छैन, हामी त माटो छुन हिच्किचाउँछौं, नत्र कृषिमा गरेको लगानी खेर जाँदैन । बागबानीले किबीसहित अन्य तरकारी तथा फलफूल बिक्रीबाट बर्सेनि लाखौँ रुपैयाँ राजस्व संकलन गर्दै आएको बताएको छ । तीन सय ५१ रोपनी क्षेत्रफलमा फैलिएको यस शाखामा दर्जनौँ प्रजातिका फलफूलका बिरुवा, त्यतिकै संख्यामा तरकारी तथा अन्य बिरुवाहरू समेत छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया