Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदोलखामा सञ्चालित सहकारीहरूमा रकम अपचलनको समस्या बढ्दो

दोलखामा सञ्चालित सहकारीहरूमा रकम अपचलनको समस्या बढ्दो


दोलखा । पछिल्लो समय दोलखामा सञ्चालित सहकारीहरूमा समेत रकम अपचनको समस्या देखा पर्न थालेका छ । सहकारीका सञ्चालक तथा व्यवस्थापकको लापरबाहीका कारण पछिल्लो समय नागरिकले बचत गरेको रकम जोखिममा पर्न थालेको हो ।

केही दिनअघि मात्रै जिल्लाको मेलुुङ गाउँपालिका–१ पवटीमा रहेको हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३२ लाख ८७ हजार दुई सय ७६ रुपैयाँ चोरी भएको छ । सहकारी चोरी भएको भनिएपछि बचतकर्ताहरूले भने सञ्चालक र व्यवस्थापकतिर नै आशंका गरेका छन् । सहकारीका सञ्चालक र व्यवस्थापकको मिलेमत्तोमा रकम हिनामिना गरेर हराएको बहाना बनाइएको उनीहरूको आरोप छ । संस्थाबाट सो रकम हराएको भनी सहकारी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले सोही सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेललाई र घरबेटीलाई पक्राउ गरी सोधपुछपछि छाडेको जनाएको छ ।

यस्तै, मेलुुङ गाउँपालिका–६ मा रहेको ‘गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड’मा पनि ठूलो रकम हिनामिना भएको पाइएको छ । सो संस्थाका व्यवस्थापकले एक करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको पाइएको हो । उक्त सहकारीले रकम अपचलनसम्बन्धी छानबिन गरिरहेको बताएको छ । हाल गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम हिनामिना गर्ने व्यवस्थापक भूप चापागाईंलाई सञ्चालक समितिले निलम्बन गरी छानबिन गरिरहेको सहकारीका अध्यक्ष श्रीराज पोखरेलले जानकारी दिए ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया