Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिमहाशिवरात्रि पर्वमा पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिँदै

महाशिवरात्रि पर्वमा पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिँदै


काठमाडौँ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छ ।

महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिँदैछ । पशुपति क्षेत्र विकास कोषले मन्दिर आसपासका क्षेत्रमा फूल र बत्तीको सजावट सुरु भएको जनाएको छ । कोषका सदस्यसचिव राजुकुमार खत्रीले मन्दिर आसपासका क्षेत्रमा सरसफाइदेखि फूल तथा विभिन्न रङले सिङ्गार्ने कामसम्म सुरु गरिएको जानकारी दिए ।

विकास कोषले पशुपतिनाथ क्षेत्रमा तोकिएका चारकिल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी पूर्णरुपमा रोक लगाउने निर्णय गरिएको जनाएको छ ।

भोलि बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना जारी गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजाआराधनाका लागि पुगेका भक्तजनलाई व्यवस्थापनमा कुनै कमी नराखिको जनाएको छ । कोषले यस वर्ष कसैलाई पनि विशेष पासको व्यवस्था नगरिएको पनि जनाएको छ । कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरेको बताएको छ ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया