Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगछ हिमालबाट २१ हजार एक सय ६७ किलो फोहोर संकलन

छ हिमालबाट २१ हजार एक सय ६७ किलो फोहोर संकलन


काठमाडौं ।
नेपाली सेनाको संयोजित नेपाल सरकारको सफा हिमाल अभियान २०२१ कार्यक्रमले माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र आमादब्लामलगायतका छवटा हिमालयहरुबाट फोहोर संकलनको हाफवे मार्क सफलतापूर्वक सम्पन्न गरेको छ ।

यस टोलीमा अनुभवी शेर्पाहरु समर्थकको रुपमा र नेपाली सेना गरी जम्मा एक सय १२ जना सदस्यहरु छन् । १३ अप्रिल २०२१ मा सुरु भएको यस अभियानमा हालसम्म छवटा हिमालयहरुबाट २१ हजार एक सय ६७ किलोग्रामको फोहोर संकलन गरिएको छ । जसमा एक हजार आठ सय ६८ किलोको बायो–डग्रेडेबल फोहोर र १९ हजार दुई सय ९९ किलोको नन–बायो डिग्रेडेबल फोेहोरहरु समावेश रहेका छन् ।

टोलीले संकलन गरेको फोहोरहरुमा खारेज गरिएको अक्सिजन ट्यांक, परित्याग गरिएका टेन्टहरु, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, एल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु समावेश रहेका छन् । यसबाहेक पहिला दुर्घटना भएको ९एन–एसीआर नम्बरको हेलिकप्टर र दुई विभिन्न ठाउँहरुबाट पर्वतारोहण गियरसहित दुई मानव अवशेषहरु पनि धौलागिरि टोलीले रिट्राइभ गरेको छ र मृतकको पहिचान र व्यवस्थापनका लागि थप अनुसन्धानहरु सुरु गरिएको छ ।

हिमाल सफाइ अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दिपक भण्डारीले टोली स्थानीय स्थानीय सरकारसँगको समन्वयमा समर्पणका साथ फोहोर संकलन गर्ने कार्यमा लागिपरेको बताए । फोहोर संकलन गतिविधिहरु सम्पन्न भएपछि संकलन गरिएको फोहोरलाई थप रिसाइक्लिङको लागि रिसाइक्लिङ पार्टनरलाई हस्तान्तरण गरिने उनले जानकारी दिए । यस्तै नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले भावी पुस्ताहरुका लागि हिमालयलाई सम्मान र संरक्षण गर्ने हाम्रो जिम्मेवारी रहेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया