Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकद्वारा आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण

सिटिजन्स बैंकद्वारा आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आमा घर, गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । आमा घर आफ्नो घर र परिवार गुमाएर जोखिममा रहेका घरबारविहीन बालबालिकालाई हेरचाह गर्ने संस्था हो । अभावमा रहेका बालबालिकालाई घर, उत्कृष्ट शिक्षा, स्वास्थ्य र हेरचाह प्रदान गर्न समर्पित आमा घरमा हाल ४६ जना बालबालिका आश्रित रहेका छन् ।

चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरूको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो । बैंकको यस कार्यबाट आमा घरका बालबालिका लाभान्वित भएका छन् । आमा घरमा आज आयोजित एक समारोहका बीच सहयोगस्वरूप न्यानो कपडा हस्तान्तरण गरिएको हो । समारोहमा आफू उपस्थित हुन नपाए पनि बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आफ्नो संस्थाले सहयोगस्वरूप न्यानो कपडा बालबालिकाहरूलाई दिन पाउँदा समाजप्रतिको उत्तरदायित्व बोध गरेको सन्देश व्यक्त गरे ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आप्mना एक सय ९० वटा शाखा, एक सय ५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १७ लाख १६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया