Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकच्चा तेलको मूल्य घट्यो

कच्चा तेलको मूल्य घट्यो


वासिङ्टन डीसी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य मंगलबार एकैदिन करिब तीन प्रतिशतले घटेको छ । नोभेम्बरमा अमेरिकी उपभोक्ता मूल्य बढेपछि ब्रेन्ट कच्चा तेलको मूल्यमा गिरावट आएको छ । कच्चा तेलको मूल्य जुन महिनायताकै न्यून विन्दुमा झरेको छ ।

मंगलबार साँझ ब्रेन्ट आयल प्रति ब्यारेल ७३ डलरमा कारोबार भइरहेको छ । यो मूल्य गत जुन महिनापछिकै सबैभन्दा कम हो । जुन २७ मा ब्रेन्ट आयलको मूल्य प्रतिब्यारेल ७२ दशमलव २६ अमेरिकी डलर थियो ।

अमेरिकी मुद्रास्फीति दर नोभेम्बरमा अमेक्षितरुपमा केही सुस्त देखिएको छ । नोभेम्बर महिनामा अमेरिकी मुद्रास्फीति तीन दशमलव एक प्रतिशतमा झरेको छ । अघल्लो महिना तीन दशमलव दुई प्रतिशत थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

ताजा अपडेट