Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाको संक्रमण बढे पनि बजार खोल्न आह्वान

कोरोनाको संक्रमण बढे पनि बजार खोल्न आह्वान


इस्लामावाद, असार ९
विश्वमै कोरोनाभाइरसको संक्रमण तीब्र गतिमा वृद्धि भइरहेको देशहरुमध्ये पाकिस्तान अग्रपंक्तिमा पर्दछ । तर लामो समयसम्म आर्थिक गतिविधि बन्द गरेर बस्न सक्ने अवस्था नरहेकाले व्यवसाय सञ्चालन गर्न पाकिस्तान सरकारले आह्वान गरेको छ । कोरोनाभाइरसबाट संक्रमण भएका बिरामीहरु अस्पताल जाने र संक्रमणमुक्त भएर घर फर्किने क्रम चलिरहे पनि गतिविधिलाई पुनः निरन्तरता दिनुको विकल्प नभएको सरकारी अधिकारीहरुको भर्ना छ । अब पनि आर्थिक गतिविधिलाई निरन्तरता दिन सकिएन भने देशको अर्थतन्त्र टाट पल्टिन सक्ने विज्ञ तथा सरकारी अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।

गरिबी र महामारीका लागि ठूलो रकम खर्च गरिरहनु परेकाले पनि थप आर्थिक संकट उत्पन्न भएको उनीहरुले जनाएका छन् । के गर्ने के गर्ने भन्ने लामो समयसम्मको दुविधालाई चिर्दै सरकारले सुरक्षाका उपायहरु अपनाउने आर्थिक गतिविधिहरुलाई अगाडि बढाउने निष्कर्षमा पुगेको हो । सरकारी अधिकारीहरुले अत्यावश्यक र आर्थिक गतिविधिहरुलाई निरन्तरता दिने क्रममा कोरोनाबाट बच्नका लागि अप्नाउनु पर्ने आधारभूत सुरक्षा सतर्कताका उपायहरु अपनाउन अनिवार्य गरिएको छ ।

उनीहरुले सामाजिक दुरी कायम राख्न, मास्कको प्रयोग गर्न, सकेसम्म भेटघाट तथा भिडभाडहरुमा नजान, सेनिटाइजर वा सावुन पानीको प्रयोग बढाउन आह्वान पनि गरेका छन् । मस्जिदहरुमा पनि सकेसम्म एकै पटक धेरै भिडभाड नगर्न उनीहरुले सुझाव दिएका छन् । पाकिस्तानमा अहिलेसम्म एक लाख ८० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट