Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजुलाईमा पाकिस्तानको रेमिट्यान्स २ अर्ब ७६ करोड डलर

जुलाईमा पाकिस्तानको रेमिट्यान्स २ अर्ब ७६ करोड डलर


इस्लामाबाद, भदौ ३
नयाँ आर्थिक वर्षको पहिलो महिनामा पाकिस्तानले कीर्तिमानी रेमिट्यान्स (विप्रेषण आप्रवाह) संकलन गरेको छ । जुलाई महिनामा पाकिस्तानले २ अर्ब ७६ करोड अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको हो । गत आर्थिक वर्षमा पाकिस्तानले २३ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको पाकिस्तानी मिडियाहरुले जनाएका छन् ।

स्टेट बैंक अफ पाकिस्तानका अनुसार एकै महिना अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको हो । सोमबार बैंकले नयाँ तथ्यांक सार्वजनिक गरेको हो । नयाँ तथ्यांकसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्विटरमा पाकिस्तानी अर्थतन्त्रका लागि यो खुसीको खबर भएको बताए । उक्त रेमिट्यान्स जुनमा भित्रिएको रेमिट्यान्सभन्दा १२.२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने यो ३६.५ प्रतिशतले बढी भएको खानले बताएका छन् ।

रेमिट्यान्सवृद्धिमा कामदारहरुले पठाउने रकम ३६.५ प्रतिशतले बढेको देखिएको छ । यो वर्षगत तुलना हो । महिनागत तुलनामा भने यो अघिल्लो वर्षभन्दा १२.२ प्रतिशत बढी हो । कोरोनाभाइरसका कारण अहिले पाकिस्तानीहरु विदेशमा काम गर्न जान पाएका छैनन् । तर पनि रेमिट्यान्स रकम भने आश्चर्यजनक रुपमा वृद्धि भएको छ । एसबीपीका अनुसार सबैभन्दा बढी साउदी अरेबियाबाट रेमिट्यान्स भित्रिएको छ । त्यसबाहेक युरोपेली संघमा आबद्ध देशहरुबाट आउने रकम पनि बढेको छ ।

पाकिस्तानले जुलाई महिनामा मात्रै साउदी अरेबियाबाट ८२ करोड १० लाख अमेरिकी डलर भित्र्याएको छ । अघिल्लो वर्षको सोही महिना ४७ करोड डलर भित्र्याएको थियो । यो भनेको ७४.५ प्रतिशतले वृद्धि हो । बितेका वर्षमा पनि पाकिस्तानले साउदीबाट धेरै रेमिट्यान्स भित्र्याउँदै आएको छ । साउदीमा झण्डै १० लाख पाकिस्तानी कामदार वैदेशिक रोजगारी गर्छन् । त्यस्तै पाकिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई)बाट ५३ करोड ८० लाख अमेरिकी डलर भित्र्याएको छ । जुन गत वर्षको सोही महिनाभन्दा २६ प्रतिशतले वृद्धि हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया