Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमाल्दिभ्समा कोभिडका संक्रमित छ हजार नाघे

माल्दिभ्समा कोभिडका संक्रमित छ हजार नाघे


माले, भदौ ४
माल्दिभ्समा पनि कोभिड १९ का संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । माल्दिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ संक्रमितहरुको संख्या छ हजार नाघेको छ । दक्षिण एसियाको सानो देश माल्दिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढेका हुन् । सो समाचारअनुसार यहाँ कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या २४ पुगेको छ । यहाँका स्थानीय मिडियाले बुधबार सो समाचार दिएका छन् ।

माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार मंगलबार मात्र एक सय ७० जनामा संक्रमण भएको पाइएको थियो । स्वास्थ्य अधिकारीहरुले दिएको समाचारमा बुधबार मात्र यहाँ संक्रमण हुने व्यक्तिको संख्या छ हजार ७९ पुगेको छ । यहाँका संक्रमितमध्ये तीन हजार चार सय ८८ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । अहिले पनि दुई हजार चार सय एक जना भने संक्रमित नै रहेका र उपचार गराइरहेका छन् । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया