Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनलाई ‘काउन्टर’ गर्न भारत, अस्ट्रेलिया र जापानको त्रिदेशीय ‘सप्लाई चेन’

चीनलाई ‘काउन्टर’ गर्न भारत, अस्ट्रेलिया र जापानको त्रिदेशीय ‘सप्लाई चेन’


नयाँ दिल्ली, भदौ ४
भारत, जापान र अस्ट्रेलियाले त्रिदेशीय सप्लाई चेनका लागि छलफल सुरु गरेका छन् । तीनवटा देशले चीनलाई ‘काउन्टर’ गर्ने गरी ‘सप्लाई चेन रिजिलियन्स इनिसिएटिभ (एससीआरआई) अर्थात् त्रिदेशीय आपूर्ति प्रणाली सुरु गर्नलागेका हुन् । यसको उद्देश्य चीनसँगको निर्भरता हटाउने भएको बताइएको छ ।

यसको लागि जापानले सुरुमा प्रस्ताव गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । त्यसको लागि पहिलो बैठक बस्ने तयारी समेत गरिएको छ । अर्को हप्ता बस्ने बैठकमा तीनै देशका व्यापार, वाणिज्यमन्त्रीहरु सहभागी हुनेछन् । तीनै देशले आगामी नोभेम्बरमा एससीआरआई गठन गर्ने तयारी गरेका छन् । भारतले यसको लागि गम्भीर रुपमा प्रस्ताव अघि बढाएको बताइएको छ । लद्दाखमा केही समयअघि भएको चीनसँगको तनावपछि भारत चिढिएको छ । सोही कारण पनि भारतले यसको गम्भीर पहल गर्ने देखिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया