Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारक्वान्टास प्रमुखको दाबी – सरकारहरुले अन्तर्राष्ट्रिय यात्रुलाई उडानका लागि खोप अनिवार्य गराउँदै छन्

क्वान्टास प्रमुखको दाबी – सरकारहरुले अन्तर्राष्ट्रिय यात्रुलाई उडानका लागि खोप अनिवार्य गराउँदै छन्


ब्रिस्बेन ।
अस्ट्रेलियाली एयरलाइन कम्पनी क्वान्टासका प्रमुख कार्यकारी एलन जोयसले धेरै सरकारले अन्तर्राष्ट्रिय यात्रुका लागि कैयौँ सरकारहरुले खोाप लगाएको हुनुपर्नेमा जोड दिइरहेको दाबी गरेका छन् । हवाइ क्षेत्रलाई ब्युँताउन पनि यसो गर्नुपर्ने उनको जोड छ । गत वर्ष कोरोना महामारीका कारण ५७.६ प्रतिशतले यात्रु संख्यामा कमी आएको थियो ।

अस्ट्रेलिया सरकारले पनि खोप लगाएर मात्रै यात्रा गर्न दिने नियम ल्याउनुपर्ने उनको जिकिर छ । बीबीसीका अनुसार उनले सरकारले यसो नगरी कम्पनी आफैँले यस्तो नीति ल्याउने बताए । ‘हाम्रा पेसेन्जरदेखि क्रु सदस्यसम्मको स्वास्थ्य चिन्ता हामीलाई छ र हाम्रो विमान सबैका लागि सुरक्षित छ भन्ने देखाउन पनि यो अनिवार्य छ’, जोयसले भने । उनले बुकिङ भएका टिकटको हकमा पनि यस्तो नियम लागू हुने बताए । यात्रुले पनि यो नियम स्वीकार गर्ने उनले दाबी गरे । उनका अनुसार ९० प्रतिशत यात्रुले यो नियम मन पराउनेछन् ।

उनले यसो बताए पनि विश्व स्वास्थ्य संगठन स्वयं भने यस्तो नियमप्रति सकारात्मकक छैन । खोप प्रमाणपत्रयुक्त हवाइ यात्रालाई प्रमाणित नगर्ने संगठनका डिजिटल हेल्थ एन्ड इन्नोभेसन निर्देशक बर्नार्डो मारियानोले बताए । यस्तो नियम ल्याउने नै हो भने पनि विश्व सरकारहरुले एकीकृत निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

विश्व अर्थतन्त्रलाई चलायमान बनाउन हवाइ यात्राको महत्वपूर्ण भूमिका रहेको छ । द इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)को अनुमानमा विश्व अर्थतन्त्रमा १८ खर्ब अमेरिकी डलरको अर्थतन्त्रलाई हवाइ क्षेत्रले सहयोग गरेको छ । तर कोरोनाको कारण यो क्षेत्र सर्वाधिक प्रभावित भएको छ । सन् २०१९ मा साढे चार अर्ब मानिसले हवाइ यात्रा गरेका थिए ।

महामारीसँगै विश्वका एयरलाइनहरुले घाटा व्यहोर्नुपरेको थियो । क्वान्टास एयरले समेत सन् २०२० को अन्तिम छ महिनामा यात्रु घट्दा ८० करोड अमेरिकी डलर गुमाएको थियो । सन् २०१९ को त्यही अवधिमा कम्पनीले ५९ करोड ६० लाख अमेरिकी डलर नाफा आर्जन गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया