Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारप्रिमियर लिग क्लबले सामाजिक सञ्जाल बहिष्कार गर्ने

प्रिमियर लिग क्लबले सामाजिक सञ्जाल बहिष्कार गर्ने


लन्डन ।
प्रिमियर लिग, इंग्लिस फुटबल लिग र वुमन्स सुपर लिग क्लबहरुले चार दिनसम्म सामाजिक सञ्जाल बहिष्कार गर्ने भएका छन् । अत्याचार र विभेदका विरुद्ध प्रिमियर लिगक क्लबहरुले यस्तो निर्णय लिएको बीबीसीले जनाएको छ ।

बहिष्कार अप्रिल ३० देखि सुरु हुनेछ । क्लबहरुको अभियानलाई नियामक संस्थ द फुटबल एसोसिएसनले पनि साथ दिने जनाइएको छ । यो अभियानलाई किक इट आउट नाम दिइएको छ । ‘यो बहिष्कारले हाम्रो सामूहिक आक्रोशलाई महत्व दिन्छ’, किक इट आउटका प्रमुख सञ्जय भण्डारीले भने, ‘खराब गालीका लागि सामाजिक सञ्जाल नियमित माध्यमजस्तै बनेको छ ।’

आफैँलाई त्यस्ता प्लेटफर्मबाट हटाउँदै आफूहरु शक्तिमा रहेका त्यस्ता सामाजिक सञ्जाललाई सांकेतिक भावभंगीमा प्रस्तुत हुने उनले बताए । ‘यसविरुद्ध लाग्न हामीलाई तपाईंको साथ चाहिन्छ, परिवर्तनका लागि तपाईंको सहयोग चाहिन्छ’, उनले भने ।

बेलायत सरकारले यसअघि नै यसविरुद्ध नियन्त्रणकारी भूमिका नदेखाए सामाजिक सञ्जाल कम्पनीविरुद्ध अर्बौँ पाउन्डबराबरको जरिवाना तिराउने बताइसकेको छ । फेसबुकले गत फेब्रुअरीमा विकृति रोक्न कडा कदम चाल्ने बताएको थियो । गत हप्तामात्रै फेसबुककै स्वामित्वको इन्स्टाग्रामले पनि यसलाई रोक्न एउटा नयाँ टुल्स फिचर थप्ने जनाएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया