Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअस्पतालमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ८२ पुग्यो

अस्पतालमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ८२ पुग्यो


बग्दाद ।
इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा अक्सिजन ट्यांकी पड्किँदा आगलागी भएको दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा ८२ पुगेको इराकी सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि प्राप्त समाचारमा शनिबार राति खतिब अस्पतालमा सुरू भएको आगलागीमा परेर एक सय जनाभन्दा बढी व्यक्ति घाइते भएको बताइएको थियो ।

इराकीहरूले सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका दृश्यहरू देखिएका छन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमिले घटनाप्रति दुःख व्यक्त गर्दै यस ‘दुःखद दुर्घटना’को कारण खोल्न तत्काल अनुसन्धान गर्ने बताउनुभएको छ । आगलागीपछि उद्धार अधिकारीहरूले एक सय २० जना बिरामीमध्ये ९० जनाको उद्धार गरिएको बताएका थिए ।

इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाइबाट आगलागी सुरू भएको थियो ।

अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएअनुसार कोभिड–१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा थिए । घाइते र बिरामीहरूलाई एम्बुलेन्सबाट नजिकका अरू अस्पतालमा पु-याइएको छ । इराकको नागरिक सुरक्षा विभागका अनुसार आइतवार सबेरै सम्ममा आगो नियन्त्रणमा आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

ताजा अपडेट